१० भदौ २०८३, बुधबार | August 26, 2026

अर्घाखांचीमा पनि जनप्रतिनिधिलाई कोरोना पुष्टि, नेपाल आउने क्रममा मृत्युभएका युवकसंग आउने सबैलाई संक्रमण



अर्घाखाँची । अर्घाखांचीमा नगरपालिकाका उप प्रमुख सहित ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट नेपाल फर्कने क्रममा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ का ३४ वर्षिय पुरुषको सम्पर्कमा आएका ३० जना र उनीहरुकै ब्यवस्थापनमा सक्रिय नगरपालिकाका उप प्रमुख लाई कोरोना पुष्टि भएको हो ।

गत जेठ १० गते लखनउमा मृत्यु भएका कृष्ण बहादुर गैरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको थियो । गैरेसंगै आएका नागरिक लाई ब्यवस्थापनमा खटिएका जनप्रतिनिधी तथा सन्धिखर्क नगरपालिका का उपप्रमुखलाई पनि कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएकोे परिक्षणमा ३१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
आज कोरोना संक्रमण पुष्टि हुनेहरु मध्ये सन्धिखर्क नगरपालिका १ का १ जना , सन्धिखर्क ६ का १३ जना र सन्धिखर्क ७ का १५ जना हरेका छन् । यस्तै शितगंगा नगरपालिका वडा नम्बर १० का एक जना पाणिनी गाउँपालिका वडा नम्बर ७ का एक जना नागरिकमा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीमा कोरोना संंक्रमित संख्या ३६ पुगेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ७ : ३६ बजे

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको