२० आश्विन २०८३, मंगलबार | October 7, 2026

गण्डकीमा कोरोना संक्रमणको रफ्तार बढ्दै, २४ घण्टामा २४ जना थपिए



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले विज्ञप्ति जारी गर्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाउनुभएको छ ।

यसँगै प्रदेशमा गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ ।

संक्रमित हुनेहरुमा पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १८ देखि ४० वर्ष उमेरका १२ जना पुरुष, बागलुङ बरेङ गाउँपालिकाका १८ देखि ४९ वर्ष उमेरका ८ जना र निसीखोला गाउँपालिकामा २१,२६ र २७ वर्षका ३ जना पुरुष रहेका छन् ।

यस्तै, म्यादीको बेनी नगरपालिकाका एक जना ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ८ : ०२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते