२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

रुपन्देहीमा ५ जनाको हत्या अभियोगमा १ जना पक्राउ (अपडेट)



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मा ५ जनाको सामूहिक हत्यामा संलग्न रहेको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

तिलोत्तमा स्थित मैनहवामा कृष्ण पुनले सञ्चालन गरेको भैंसी फार्ममा काम गर्नेहरुको आज विहानीपख सामूहिक हत्या भएको थियो । सो हत्यामा संलग्न रहेको अभियोगमा सोही फार्ममा काम गर्ने झपेन्द्र सिजाली पक्राउ परेको प्रहरीले रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेम बहादुर थापाले जानकारी दिनु भयो ।

मृतकहरु तिलोत्तमाका स्थानीय कामदारहरु रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा स्थानीय माधव मुसर, पोखराज मुसर, जानकी मुसर, करण चौधरी र आशिश चौधरी रहेका छन् ।

फार्म नजिकै बेहोस अवस्थामा रहेका सिजालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिंजालीलाई अस्पताल पठाईएको छ । प्रहरी चौकी मंगलापुरबाट पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ ।

सो घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ८ : १२ बजे

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत

दिउँसो १ बजेसम्म २४.७८ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म