४ पुस २०८२, शुक्रबार | December 19, 2025

आइसोलेसन सेन्टरबाटै भागे कोरोना संक्रमित



नेपालगन्ज । बाँकेको एक आइसोलेशन सेन्टरमा बस्दै आएका नेपालगन्जका एक संक्रमित व्यक्ति फरार भएका छन् ।

जानकी गाउँपालिका २ को श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेशन सेन्टरमा बसेका नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षिय एक संक्रमित सोमबार राती फरार भएका हुन ।

४१ जना संक्रमित राखिएको उक्त क्वारेन्टाईनबाट सोमबार राती १ जना संक्रमित फरार भएको जानकी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिनुभयो ।

गत जेष्ठ ९ गते क्वारेन्टाईनमा राखिएका ति युवाको कोरोना परिक्षण गर्ने क्रममा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई जानकी गाँउपालिका वडा नं. २ मा रहेको आईसुलेशन सेन्टरमा राखिएको थियो ।

संक्रमित व्यक्ती फरार भएको जानकारी पाउने बित्तिकै प्रहरी परिचालन गरि उनको तिब्र रुपमा खोजी गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

फरार व्यक्तिसँग सम्पर्क रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी हिजो मात्र १० जनाको स्वाब लिइएको थियो । ऊनी १ महिना अघि भारतबाट नेपाल आएका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १० : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको