७ माघ २०८२, बुधबार | January 21, 2026

खानेपानीको स्रोत संरक्षण र पानी पुनःभरणमा जोड



काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी वर्षको बजेटमा खानेपानीको स्रोत संरक्षण र पानी पुनःभरणमा जोड दिने गरी बजेट विनियोजन गरेको जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा खानेपानी, सरसफाइ र स्वच्छताको लागि छुट्टाएको रकमसम्बन्धी विषयमा यस क्षेत्रमा क्रियाशिल संस्थाले आयोजना गरेको अनलाइन गोष्ठीमा खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले मन्त्रालयले खानेपानीको स्रोत संरक्षण, नागरिकमा पहुँच विस्तारसँगै सरसफाइलाई अघि बढाइरहेको बताउनुभयो ।

मन्त्रालयले अहिलेसम्म ९४ प्रतिशतमा आधारभुत खानेपानीको पहुँच विस्तार गरेको उहाले बताउनुभयो ।

प्रदेश नम्बर २ मा देखिएको आर्सेनिकको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना रहेको उहाले बताउनुभयो । कीर्तिपुर नगपालिकाका उपप्रमुख सरस्वती खड्काले नगरपालिकामा खानेपानीको स्रोत पर्याप्त भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण तथा व्यवस्थापकीय पक्ष कमजोर भएको हुँदा नगरवासीले पानीको अभाव भोग्नुपरेको बताउनुभयो ।

खानेपानीतथा ढल निकास व्यवस्थापन विभागका उपमहानिर्देशक अनिलभद्र खनालले तिनै तहको सरकारसँग संयोजन गरेर काम गर्नुपर्ने बताउनुभयो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले यस आर्थिक वर्ष मेलम्चीको लागि पर्याप्त बजेट रहेको बताउनुभयो । उहाले भन्नुभयो, ‘आगामी दिनमा धाराबाट खानेपानी सहजरुपमा पुर्‍याउने लक्ष्यअन्तर्गत न्यून आय उपभोक्तहरुलाई महसुलमा अनुदान दिन सकिनेछ ।’

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नेपालको कूल बजेटको ११ प्रतिशत प्रदेश र स्थानीय सरकारमा आएको र स्थानीय सरकारका लागि पर्याप्त नभएको बताउनुभयो ।

पूर्वअर्थ सचिव सुमनप्रसाद शर्माले खानेपानी क्षेत्रमा आगामी आवको बजेट राम्रो आएको तर बजेट शतप्रतिशत खर्च हुने कुरामा शङ्का रहेको बताउनुभयो । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ५ : ४२ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ