१५ चैत्र २०७९, बुधबार | March 29, 2023

भारतबाट आउँदा नाकामा बेहोश भएका एक वृद्धको मृत्यु



कैलाली । भारतबाट फर्किएका एक वृद्धको मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किँदा बेहोस भएका डोटीको आदर्श गाउँपालिका-७ का ७५ वर्षीय गर्भे विकको उपचारको क्रममा मृत्यु भएको अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले बताउनुभयो ।

भारतको तमिलनाडुबाट फर्किएका उनी सीमा क्षेत्रमै बेहोस भएका थिए´ बोहराले भन्नुभयो `उपचारकै क्रममा साझ ६ बजे मृत्यु भएको हो । बोहराले विकमा दम, उच्च रक्तचाप र मिर्गौलाको समस्या देखिएको बताउनुभयो ।

उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताउनुभयो ।

कोरोनाको लक्षण नदेखिएको र आरडीटी रिपोर्ट पनि नेगेटिभ आएकाले पीसीआर परीक्षण नगरिने उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : २५ बजे

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी सत्तारुढ गठबन्धनले

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि

खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने भएको

मन्त्रालय भागवण्डामा सहमति जुटाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं । मन्त्रालय बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका दलहरुको बैठक

अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने

नेपालगन्ज । अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने भएको छ