१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सांसद सरिता गिरीलाई कारवाही गर्न राष्ट्रिय युवा संघको माग



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघले जनता समाजवादी पार्टीका नेतृ सरिता गिरीलाई कारवाही गर्न माग गरेको छ ।

सांसद गिरीले राष्ट्रिय हीत र सीमानाको सुरक्षाको विषयमा दिएको आपत्तिजनक अभिव्यक्तिप्रति माफी माग्दै कानुनी कारवाही गर्न युवा संघले जनता समाजवादी पार्टीसँग माग गरेको हो ।

राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी सांसद गिरीको अभिव्यक्ति अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्ट्रहित विपरितको हर्कत भएको भन्दै आपत्ति र भत्र्सना गर्नुभएको छ ।

गिरीलाई संसद सदस्यवाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई युवा संघले अनुरोध गरेको छ । गिरीको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको युवा संघको ठहर छ ।
राष्ट्रिय युवा संघको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई स्मरण गराउन चाहान्छौं ।’

संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र गिरी विरुद्ध आवश्यक कानूनी कारवाही अघि नबढाए गंभिरतापुर्वक लिने चेतावनी दिँदै युवा संघले त्यसको जिम्मेवार सम्बन्धित व्यक्ति र दल हुने जनाएको छ ।

युवा संघले विज्ञप्तिमा रुपन्देही, रुकुम चौरजहारी लगायतका देशका विभिन्न भागमा भएका घटनाका दोषीलाई कानुनी कारवाही गर्न पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ९ : ०३ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी