१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

३४ देशबाट ५६ हजार नेपाली देश भित्रंदै, ४ हजार भन्दा बढीको उडान भरे सेनाले व्यवस्थापन गर्न नसक्ने



काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र [सीसीएमसी] मा परराष्ट्र मन्त्रालय मार्फत बिदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने क्रम सुरु भएको छ ।

२ वटा उडानबाट मलेसीया र म्यानमारबाट नेपाल भित्रिएका नेपालीको अनुभवबाट पाठ सिक्दै बिश्वका बिभिन्न मुलुकहरुमा नेपाल आउन चाहनेहरुको नाम टिपाउन भनिए अनुसार हाल सम्म ३४ देशमा रहेका ५६ हजार ९३ जनाले स्वदेश आउन परिवार सहितको विवरण टिपाएका छन् ।

सीसीएमसीका अनुसार संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दैनिक पाँच देखि सातवटा उडान मार्फत नेपाल ल्याउने अन्तिम तयारी भइरहेको छ । उनीहरुलाई नेपाल ल्याउन परराष्ट्र मन्त्रालयले समन्वय गर्नेछ ।

सीसीएमसीका अनुसार आउने नेपालीहरुलाई सुरुमा काठमाडौंमा रहेका होल्डिङ सेन्टरमा राखिने छ । उनीहरुको स्वास्थ्य अवस्थाको जाँचपछि भने प्रदेश सरकार र पालिकाको समन्वयमा सम्बन्धित जिल्लाहरुमा पठाइने छ । यी सबै कार्यहरु गर्न सीसीएमसीले तीनै सुरक्षा निकायसँगको समन्वय गर्ने छ भने नेपाली सेनाले सम्बन्धित जिल्लामा रहेका सैनिक इकाईहरुमा उनीहरुको सम्पूर्ण विवरण टिपेरमात्र पालिकाको जिम्मा लगाउने ब्यवस्था मिलाउने छ ।

दोस्रो चरणमा सम्बन्धित देशमा रहेका कुटनीतिक नियोग मार्फत नागरिक उड्डयन मन्त्रालय मार्फत उडान निर्धारण गरेर नेपालीहरु ल्याउने तयारी भइरहेको छ ।

सीसीएमसीले तयार गरेको पहिलो सूची अनुसार संयुक्त अरब इमिरेटसबाट १७३७५, बहराइन ११९८, मलेसिया ६४२५, कतार ८३७०, कुबेत ७९९१, साउदी अरबको रियादबाट ६५४४ र जेद्दाबाट ११६० र ओमानबाट ६५६ नेपालीहरु तत्काल नेपाल ल्याईने बताईएको छ ।

सीसीएमसीमा बंगलादेशबाट ८६०, श्रीलंका ३६ माल्दिभ्स ७२४, पाकिस्तान १२५, कम्बोडिया ४१, सिगांपुर ६१, थाइल्याण्ड ३५७, भियतनाम ४, लाओस २, दक्षिण कोरिया २८२, जापान ९१६ र इजरायलबाट ३९ नेपालीहरुले स्वदेश फर्कन नाम टिपाएकाछन्।

सीसीएमसीको सूचीमा अष्ट्रेलीया १३००, अमेरिका ६४६, बेलायत ४९ र क्यानडाबाट ७८ नेपाली फर्कने लिष्ट पनि समावेश गरिएको छ ।

सीसीएमसीले नर्वे, स्विडेन र फिनल्याण्डबाट आउन चाहने नेपालीहरुका लागि डेनमार्कमा एउटा उडान गर्नेछ । यी देशहरुबाट हालसम्म ७६ जनाले स्वदेश फर्कने सूचीमा आफ्नो नाम टिपाएका छन् । यस्तै अफ्रिकी देशहरु युगाण्डाबाट १६१, नाइजेरिया ९७, सुडान ३१ र दक्षिणी सुडानबाट १८ जना नेपाल फर्कने छन् । सीसीएमसीका अनुसार मोरक्कोबाट ६९ र साईप्रसबाट ४७१ जनाले नेपाल फर्कन आफ्नो नाम टिपाएका छन् ।

सीसीएमसीले परराष्ट्र मन्त्रालयबाट पाएको सूचीलाई पहिलो प्राथमिकतामा राखेको छ । सरकारले निर्धारण गरेको मापदण्डमा पर्ने २४ हजार जनालाई ३१ वटा उडान मार्फत फिर्ता ल्याउने तयारी भइरहेको सीसीएमसी श्रोतले जनाएको छ ।

सरकारले विदेशबाट नेपाल ल्याउने स्पष्ट मापदण्ड तोकेपनि उडानका बिषयमा मन्त्रालयहरु बिच सहमति जुटन नसक्दा यसले मूर्त रुप लिन सकेको छैन् । विदेशमा अलपत्र वा समस्यामा परेका नेपाली नागरिकहरुलाई ल्याउनका लागि चार्टर उडान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भइरहँदा पर्यटन मन्त्रालयको योजनामा सबै एयरलाइन्सलाई खुल्ला गर्ने गरी उडान गर्न दिने तयारी भएको छ ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार यो एयरलाइन्स खुल्ला गर्ने बिषयमा मन्त्रालयमा धेरैपटक छलफल भएको र नेपालमा उडान भर्ने सबै एयरलाइन्सलाई उडान गर्न दिने गरी १० दिनका लागि खुल्ला गर्ने प्रस्ताव उच्चस्तरीय समितिमा पुर्याएको मन्त्रालयको बताईएको छ ।

विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई ल्याउनका लागि नेपाल एयरलाइन्सकै विमान प्रयोग गर्ने सरकारी तयारी थियो । तर विभिन्न एयरलाइन्स कम्पनीहरुको प्रलोभन र दबावमा पर्यटन मन्त्रालयले सबै एयरलाइन्सलाई नियमित उडान गर्न दिनेगरी १० दिनका लागि खुल्ला गर्न लागेको हो । जबकि नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले लागत मूल्यमै सामान्य नाफा राखेर विदशेबाट नेपाली नागरिक ल्याउने गरी पर्यटन मन्त्रालयमा आफ्नो मुल्यसूची पठाइसकेको थियो । अन्य एयरलाइन्स कम्पनीलाई चार्टर फ्लाईट मार्फत मोटो रकम कमाउन दिने गरि उडान अनुमति दिएर राट्रियध्वजाबाहक नेपाल एयरलायन्सलाई डुबाउन पर्यटन मन्त्रालय भित्र खेलखण्ड सुरुभएको उच्च श्रोतले बताएको छ ।

नेपाल वायुसेवा निगमले मुख्य ८ गन्तब्य मुलुकबाट नेपाली नागरिक ल्याउनका लागि लाग्ने खर्चसहित प्रतियात्रु लिने टिकटको मुल्य पर्यटन मन्त्रालयलाई पठाइसकेको छ । उक्त उडान चार्टर उडान नहुने भएकाले सस्तो मुल्यमै टिकट पाइने अवस्था रहेको छ, तर निगमले दिएको मुल्यभन्दा पनि महङ्गो हुने गरी मन्त्रालयले सबै एयरलाइन्सलाई फाइदा पुराउन यस्तो निर्णय गर्न लागेको बुझिएको छ ।

अहिले नेपाल सरकारले दैनिक २ देखि ३ हजारसम्मको सङ्ख्यामा यात्रु आएको अवस्थामा व्यवस्थापन गर्न सक्ने अवस्थामा रहेको छ । नेपाली सेनाले तयार गरेको होल्डिङ सेन्टरहरुमा पनि दैनिक करिब ३ हजारदेखि ४ हजारको सङ्ख्यामा मात्रै नागरिकलाई राख्न सकिने अवस्था रहेको सेनाले सीसीएमसीलाई जानकारी दिईसकेको छ ।

तर यदि सबै विमान कम्पनीहरुलाई नियमित उडानका लागि खुला गर्ने हो भने एकैदिन दशौँ हजार नागरिक नेपाल आउन सक्छन् । यस्तो अवस्थामा ती नागरिकहरुको व्यवस्थापन ज्यादै कठिन मात्रै बन्ने छैन, अस्तव्यस्तको अवस्था आउन सक्नेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ९ : १३ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।