२५ असार २०८२, बुधबार | July 9, 2025

राष्ट्रियताको पक्षमा असाधारण प्रदर्शन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा असाधारण एकता प्रदर्शन भएको बताउनुभएको छ ।

प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकताको पक्षमा मंगलबार संसदमा असाधारण एकता प्रदर्शन भएको भन्दै गर्व गर्नुभएको हो ।

ओलीले राष्ट्रिता, कोभिड–१९ को जटिलता र सबैखाले अप्ठेरोका सन्दर्भमा राष्ट्रिय एकता कायम हुन सकेको भन्दै संयुक्त साझा प्रयासबाट मात्र समाधान हुन सक्ने बताउनुभयो ।

ओलीले शक्ति केन्द्रित गर्ने चाहनाले नभई सबै निकायको प्रभावकारी परिचालनका लागि ती कार्यालय प्रधानमन्त्री मातहत ल्याइएको बताउनुभयो ।

उहाँले सरकारका सबै अंगको प्रभावकारी परिचालनका लागि केही कार्यालयहरुलाई प्रधानमन्त्री मातहत लाइएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने रहर छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारका सबै निकाय र अंगको प्रभावकारी परिचालनका लागि प्रधानमन्त्री माताहत केही कार्यालय ल्याइएको हो।’

कोरोना भाइरसको संक्रमण अझै लामो समयसम्म रहने बताउँदै ओलीले त्यसविरुद्ध राष्ट्रिय अर्थतन्त्रलाई चलायमान गराउने गरी अघि बढ्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो । उहाँले विदेशमा रोजगारी गुमाएका लाखौं युवा स्वदेश फकिँदै गरेको जिकिर गर्दै उनीहरुलाई देशभित्र रोजगारी सिर्जना गर्नुपर्ने प्रेसर बढेको बताउनुभयो ।

अहिले युवालाई विशेष गरी अप्ठेरो भएको भन्दै उनीहरुका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो । तर, एकैचोटी अप्ठेरो आएको हुँदा त्यसलाई सम्बोधन गर्न सहज नभएको स्वीकार गर्नुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १२ : ०१ बजे

म्याग्दीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर

पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज

प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो

काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले

त्रिविको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा