७ आश्विन २०८३, बुधबार | September 23, 2026

संकटको बेलामा भ्रष्टाचार गर्नेलाई कडा दण्डित गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय संकटको बेलामा भ्रष्टाचार गर्नेहरुलाई कडा दण्डित गरिने चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संकटको बेलामा कसैले भ्रष्टाचार गर्न खोज्छ भने त्यसलाई खोजी खोजी दण्डित गर्ने बताउनुभएको हो ।

सरकारले १० अर्ब रकम कता लग्यो भन्ने सुनिएको भन्दै ओलीले यस्तो बेलामा कसैले भ्रष्टाचरा गर्ला भनेर सोच्न नसकिने तर कहिँ कसैले तलमाथि गर्न खोजेको भए उसलाई कानुन बमोजिम कठघरामा उभ्याउने प्रष्ट पार्नुभयो ।

यतिबेला कोरोना भाइरसको संकटविरुद्ध लड्का लागि स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर गरिररहेको बताउँदै तत्काल केन्द्रले तल पठाएको रकमको फस्र्याैट नभएसकेको जिकिर गर्नुभयो । महालेखापरीक्षकले दिनदिनै लेखा परीक्षण गर्न नसक्ने बताउँदै उहाँले सबैतिर अविश्वास मात्र नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा लागेको कोरोना मध्ये भारतबाट आएकाहरुमा ८५ प्रतिशत रहेको बताउनुभयो । अन्य मुलुकबाट आएकाहरुमा भन्दा भारतबाट आउनेमै कोरोना संक्रमण बढेको भन्दै पिसिआर परीक्षण गर्न सरकालाई दबाब बढेको स्वीकार गर्नुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १२ : १५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई