१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

भरतपुर महानगरपालिकाका वडाहरु धमाधम सिल हुँदै, जिल्ला प्रशासन असन्तुष्ट



चितवन । चितवनको भरतपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि महानगरका केही वडा सिल गरिएका छन् ।

महानगरका वडा अध्यक्षहरुले आफ्नो वडामा आफुखुशी सिलको निर्णय गरेका हुन् । यो निर्णयप्रति जिल्ला प्रशासन कार्यालयले भने आपत्ति जनाएको छ ।

क्वारेन्टिनमा राखिएकाहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि वडाअध्यक्षहरुले धमाधम विज्ञप्ति जारी गरेर बन्द गराएका हुन् । केही वडा अध्यक्षहरुले त आफ्नो कार्यक्षेत्रमा नपर्ने बैंक तथा वित्तीय संस्थासमेत बन्द गराएका छन् ।

वडा नं. ५, ६, ११, १८, २२, २५,, २६ लगायतका वडा बन्द गरिएको छ । यसमध्ये २५ र १८ वडामा संक्रमित भेटिएका छैनन् ।  जेठ ३२ गतेदेखि असार ३ गतेसम्म आफु अनुकुल समय मिलाएर उनीहरुले वडाका सम्पूर्ण कामकाज बन्द गराएका छन् ।

तर, जनप्रतिनिधिहरुले आफुखुशी वडा बन्द गराउनु गलत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले नै लकडाउन जारी राखेको र मोडालिटी निर्धारण गरेको हुँदा सबै पक्ष मिलेर मापदण्डअनुसार लकडाउन पालना गर्नुपर्ने दायित्व सबैको भएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ९ : ४७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग