१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

स्वदेश फर्किँदै हुनुहुन्छ ! आफ्नो उडान तालिका र भाडाबारे थाहा पाउनुहोस



काठमाडौं । सरकारले विदेशमा अप्ठेरो अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने योजना बनाएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जहाज र भाडा तोकेको छ ।

कोरोना महामारीको विश्वव्यापी संकटका कारण रोजगारी गुमेर या अन्य अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न सरकारले केही दिन अघि योजना बनाएको थियो । तर, विभिन्न ट्राभल एजेन्सीहरुले जहाज चार्टर गर्दा अनियमितता गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडा दर तोकिदिएको छ ।

तोकिएको भाडादरभित्र रहेर नेपालको राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्स, नेपालकै निजी हवाई सेवा कम्पनी हिमालयन एयरलाइन्स लगायत अन्य विदेशी वायुसेवा कम्पनीले पनि आफ्ना जहाज उडाउन पाउनेछन् ।

जसअनुसार नेपाल एयरलाइन्सले २४ र हिमालयन एयरलाइन्सले १९ उडान तालिकाको अनुमति पाएका छन् ।

स्वदेश फर्किनका लागि विभिन्न दूताबासमा नाम टिपाएकाहरुलाई चरणवद्ध रुपमा ल्याइने सरकारको तयारी रहेको छ । नेपाल फर्किन चाहने नेपालीले स्वास्थ्य परीक्षण अनिवार्य गराई कोरोना नभएको प्रमाण भने पेश गर्नुपर्नेछ ।

मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमले आफ्नो पहिलो उडान बंगलादेशमा गर्नेछ । जेठ ३२ गते ढाका जाने नेपाल एयरलाइन्सको विमानले त्यहाँ अलपत्र विद्यार्थीहरु ल्याउने छ ।

यस्तै, असार १ गते मलेसिया, सिंगापुर, कम्बोडिया, साउदी अरब र ओमानबाट एक एक चार्टर उडान हुनेछ । असार २ गते यूएई, कुवेत, कतारमा एक एक उडान हुनेछ भने सोही दिन श्रीलंकाबाट पनि नेपालीलाई ल्याइनेछ । यस्तै, असार ३ गते पुनः बंगलादेश, थाइल्याण्ड, अष्ट्रेलिया, कतार, बहराईन र अमेरिकासमेतबाट एक एक उडान हुनेछ ।

यसैगरी, असार ४ गते युएई, साउदी अरब, ओमन र मलेसियाबाट एक–एक उडान हुनेछ भने असार ५ गते कुवेत, साउदी अरब, जापान, र नाइजेरियाबाट दुई–दुई उडान गरिनेछ।

असार ६ गते कतार, युएई, बंगलादेश, मलेसिया, साइप्रस र युरोपबाट एक–एक चार्टर उडान गरिनेछ । असार ७ गते दक्षिण कोरिया, मलेसिया, कुवेत र ओमनबाट दुई–दुई चार्टर उडान गरी नेपालीलाई ल्याउने उडान तालिका बनेको छ ।

असार ८ गते थाइल्याण्ड, अस्ट्रेलिया, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान र असार ९ गते जापान, माल्दिभ्स, यूएई र युगान्डाबाट दुई–दुई उडान हुनेछन्।

असार १० गतेका लागि साउदी अरब र कुवेतमा दुई–दुई उडान हुनेछ भने असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछन्।

कुन देशका लागि कति भाडा तोकियो ?
सम्बन्धित देशको उडान दुरी अनुसार चार्टड उडानको भाडादर निर्धारण गरिएको छ । डलरमा निर्धारण गरिएको भाडादर अनुसार सबै विमान कम्पनीले उडान भर्नुपर्नेछ ।

देश                                               भाडा डलरमा
बंगलादेश                                         १६५
नयाँ दिल्ली                                       २०५
मुम्बइ                                               ३१०
बैंगलोर                                             ३३५
थाइल्याण्ड बैंकक                             ३९०
क्वाललम्पुर                                        ५२०
कम्बोडिया                                        ४००
दुवई                                                 ५००
आवुधावी                                          ५००
साउदी अरब                                     ५९०
रियाद                                               ६३०
जद्हा                                               ७७०
जोर्डन                                               ८१५
जापान नारिता                                   ९३५
साइप्रस                                            ८७५
फ्रयाङकफर्ट                                    १२५५
लन्डन                                               १३४०
दोहा                                                 ५४५
हङकङ                                           ५५०

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ११ : ५४ बजे

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत