१९ आश्विन २०८३, सोमबार | October 5, 2026

अब सबै कार्यालयहरु दुई सिफ्टमा खुल्ने : बिहान ८ देखि दिउँसो १ पहिलो सिफ्ट, १ देखि साँझ ६ दोस्रो सिफ्ट



काठमाडौं । सरकारले असार १ गतेदेखि सबै सरकारी कार्यालय सुचारु गर्ने निर्णय गरेकोछ छ । १ गतेदेखि संचालन हुने कार्यालयहरु दुई सिफ्टमा संचालन हुनेछन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै दुई सिफ्टमा कार्यालय संचालन गर्नुपर्ने बाध्यता भएको बताए ।

सरकारी मात्र नभएर सबै निजी कार्यालय एवं बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु समेत बिहान ८ बजेटदेखि साँझ ६ बजेसम्म संचालन गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए ।

जसअनुसार अब कार्यालयहरु पहिलो सिफ्टमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुनेछन् भने दोस्रो सिफ्टका कार्यालयहरु १ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछन् ।

गत चैत्र ११ गते लकडाउन सुरुभएदेखि अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द रहँदै आएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ६ : ०४ बजे

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट टोली

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केही दिनभित्र आइसिसी