४ पुस २०८२, शुक्रबार | December 20, 2025

सैनिक अस्पतालमा मृत अवस्थामा भेटिए सैनिक जवान



काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिएका छन् ।

अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् । बिहीवार राति ड्युटीमा खटिएका विष्टले आफैंले बोकेको बन्दुक प्रहार गरी आत्महत्या गरेका बताईएको छ। बैतडीको सुर्मा गाउँपालिका ५ घर भएका विष्टको दुर्गाबक्स गण नारायणहिटीमा दरबन्दी थियो।

राति ड्युटीमा नै रहेको समयमा गोली हानी आत्महत्या गरेको बुझिएको नेपाली सेनाका सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने।

उनी अस्पतालमा नेपाली सेनाको थ्रड ग्रेड तालिम गरिरहेका थिए।

उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ ।

उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ८ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको