३ पुस २०८२, बिहिबार | December 19, 2025

कुवेतबाट स्वदेश फर्केका महिला २० घण्टादेखि भोकै, कुवेत सरकारले उद्दार गरेर पठायो, नेपालमा बसभाडा असुले (भिडियो सहित)



बुटवल । कुवेत सरकारको क्वारेन्टाइमा बसेपनि बाँके सिमलघारीकी निर्मला बिकले नेपालको सपना देख्न कहिल्यै छाडिनन् । कुवेतको एकजना उद्यमीको घरमा घरेलु कामदार बसेकी निर्मलालाई विश्वभरी कोरोना भाइरसको महामारी फैलिएपछि कुवेतीले कामबाट हटाईदियो ।

कामबाट हटेकै दिनबाट स्वदेशको सपना देख्न थालेकी थिइन बिकले । छिटो स्वदेश पुग्ने र घरपरिवारलाई भेट्न आतुर बनेकी उनलाई नेपाली भूमिमा अवतरण गर्न झण्डै २ महिना कुर्नु प¥यो ।

कामबाट निकालिएपछि पनि उनीसहित धेरै महिलाहरुलाई कुवेत सरकारले क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको थियो । खान बस्न राम्रै व्यवस्था मिलाए पनि घर पुग्ने अभिलाशाले कुवेतको बसाई उनलाई छिट्टै छोटियोस भन्ने लाग्दथ्यो ।

कुवेत सरकारले नै व्यवस्था गरेर ३०० जना निर्मला जस्तै महिलालाई नेपालको राजधानी काठमाडौं सम्म पु¥याउने काम पनि ग¥यो । तर जब उनी चढेको विमान काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो, तबदेखि उनीमा नेपाल आउनु अघि पलाएको अभिलाशा निराशामा परिणत हुँदै गयो ।

विमानस्थलबाट साझा बस चढाएर होल्डिङ सेन्टर पु¥याईएपनि उनीहरुलाई कसैलाई पनि खाना बारे सोधिएन् । भोक तिर्खा त सबैलाई लाग्छ नि । त्यो भावना बुझेनन कसैले । विमानमा खाएका उनीहरुलाई करीव ४,५ घण्टा होल्डिङ सेण्टरमा राखियो र पुग्नुपर्ने स्थान सोधियो । उनीहरुले ठेगाना टिपाए अनुसार केहिबेरमा बस, माईक्रो र मिनीबस आयो र त्यसैमा बसेर भोकै प्यासै प्रदेश ५ का ५७ महिलाको गन्तव्य तय भयो ।

प्रतिव्यक्ति १५०० उठाएर १ माईक्रो, १ मिनीबस र १ डिलक्स बसमा चढेर ५७ जना महिला शुक्रबार बुटवल आइपुगे ।

‘विमानबाट झरेदेखि खाना खान त परै जावस पानी पनि पिउन पाएको छैन’, बुटवलमा खबरकुरासँग कुरा गर्दै निर्मलाले दुखेसो पोखिन, ‘घर पुग्ने र नेपालमा आफैले बनाएको सरकारले ठुलो ईज्जत देला भन्ने थानेर हतारिएर नेपाल आएपनि सरकारले २० घण्टासम्म खान समेत दिएन ।’

विदेशबाट नेपाल फर्कने नेपालीलाई नेपाल आए लगत्तै होल्ड गर्ने स्थान र गन्तव्य पुग्ने साधनको ब्यवस्था गरेको दाबी गरेपनि उनीहरुको खानाको प्रबन्ध भने गरिएन । मानौं उनीहरुलाई भोक नै लाग्दैन । तिर्खा लाग्दैन । निर्मलाहरु उद्दार गरिएर ल्याइएका आफ्ना नागिरक थिए । भोक प्यास मेटाउन राज्यले सक्दैनथ्यो भने कमसेकम उनीहरुकै खर्चमा किन्ने वातावरण बन्नु पथ्र्यो । तर होल्डिङकर्ताहरु भावना शुन्य देखिए ।

बुटवलमा नेपाली सेनाको समन्वयमा लुम्बिनी बाणिज्य क्याम्पसमा होल्डिङ सेण्टर बनाइएको छ । काठमाडौंबाट बुटवलसम्म ल्याइएका यी महिलालाई यहाँ पनि खाने प्रबन्ध गरिएको छैन । भोकले रन्थनिँदै र तिर्खाले काकाकुल बन्दै बुटवल झरेका ५१ जना महिलाले गाडीबाट झरेलगत्तै खाना खोजिरहेका देखिन्थे । तर बस्ने, आराम गर्ने स्थान बनाईए पनि उनीहरुलाई खाने बन्दोबस्त कसैले मिइदिएन यहाँ पनि ।

बाँकेकै अर्की महिला कुमारी बिकले भने नेपालका राजनितीक दलका नेताहरुप्रति गुनासो गरिन् । निर्वाचनमा मत दिएर कुवेत गएकी उनी जुन आशा लिएर नेपाल फर्केकी थिईन् त्यो आशा पुरा नभएकोमा चित्त दुखाई छ ।

‘सोंचेकि थिएँ, विपदमा परेर कामबाट निकालिएर नेपाल फर्केपछि सबैले माया गर्नेछन्, तर यहाँ कसरी आयौं भनेर सोध्ने पनि कोहि भएनन्’, कुमारी थप्छिन्, ‘गरिबको भोटले सत्तामा पुगेका नेताहरुले महिनौदेखि कामबाट निकालिएर बेखर्ची महिलासँग बसभाडा समेत असुल्यो” ।

कुवेतबाट आउने दुई जहाजमध्ये जजिरा एयरवेजको ए–३२० न्यारोबडी जहाजमा १६१ जना र अर्को जहाजमा गरि ३०० जना नेपाली महिला बिहीबार काठमाडौं झरेका थिए । नेपाल आइपुगेका सबैलाई कुवेतले नै ल्याइदिएको थियो ।

आफ्ना नागरिकलाई राज्यले नै उद्दार गरेर स्वदेश फर्काउने व्यवस्था गर्नुपर्नेमा कुवेत सरकारले नै खर्च ब्यहोरेर नेपाल पु¥याउने व्यवस्था मिलाउँदा पनि उनीहरुको पर्याप्त प्रबन्ध मिलाउन राज्य सक्षम देखिएको छैन । सरकारले विदेशबाट फर्कने नेपालीको गन्तब्यसम्म पुग्ने व्यवस्था मिलाउने जिम्मा नेपाली सेनालाई दिएको छ। सेनाले फर्केका नेपालीलाई निश्चित समय बस्ने, आराम गर्ने व्यवस्था गरेपनि अन्य आधारभूत विषयमा ध्यान दिएको छैन ।

दाङ घर भएकी सुशीला राना पनि जजिरा बिमानमा खाएको खानाकै भरमा बुटवल आईपुगेकी छन् । बिहीबार मध्यान्ह काठमाडौं झरेका उनीहरुलाई जलश्रोत मन्त्री वर्षमान पुनको सक्रियतामा नेपाली सेनाले बुटवल पठाएको भनिए पनि सुशीलासहित ५७ जनासँग बसभाडा बापत १५०० असुल गरिएको छ ।

जहाजबाट झरेदेखि कसैले पानी पनि नसोधेको सुशिलाले बताईन् । ‘मरेपनि नेपाल मै मर्ने मन लागेर नेपाल आईयो, तर आफ्नै मुलुकमा पेट बाँधेर हिँड्नु प¥यो’ सुशीलाको आक्रोश हो यो । ‘यस्तो व्यवहार गरिन्छ भन्ने थाहा पाएको भए बरु उतै मर्न हुन्थ्यो ।’ सुशीला थप्छिन् ।

नेपाली सेनाले सिमा जोडिएका हरेक जिल्लाहरुमा भारतबाट आउने नेपाली र तेस्रो मुलुकबाट आउने नेपालीका लागि छुट्टाछुट्टै होल्डिङ सेण्टर बनाएको छ । रुपन्देहीको बुटवल र भैरहवामा सेनाको होल्डिङ सेण्टर छन् । नजिक घर नभएकालाई निश्चित समय आराम गर्न बेड बिस्तरा, साबुन, पानी, बाल्टीन लगायतको प्रबन्ध सेनाले मिलाएको छ । यातायातको व्यवस्था गरेर गन्तब्य नहिँड्दासम्म बस्नलाई बासको ब्यवस्था मिलाईएको नेपाली सेनाको मध्य पश्चिम पृतना बुटवलका पृतनापति सञ्जय थापा बताउँछन् । थापाले होल्डिङ सेण्टरमा धेरै बेर बस्नुपर्ने अवस्था आए उनीहरुकै खर्चमा खानाको व्यवस्था समेत मिलाउन सकिने गरी व्यवस्थापन गरिएको बताए ।

बिहीबार नेपाल झरेका ३०० महिला मध्य १७ जना कर्णाली प्रदेशको सुर्खेत र ४० जना प्रदेश नम्बर ५ का बिभिन्न स्थानका महिलाहरु हुन् ।

रुपन्देहीका महिलाहरुलाई आफन्त बोलाएर १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा बुझाईने र अन्यलाई यातायातको प्रबन्ध मिलाएर सम्बन्ति पालिका पठाईने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ५ : २३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको