५ पुस २०८२, शनिबार | December 20, 2025

ललितपुरमा सम्सांझै सेनाबाट बम डिस्पोज, बिप्लप माओबादीका एक नेता पक्राउ



काठमाडौं । ललितपुरको पुल्चोक नजिकै बिस्फोटक पदार्थ राखेर भाग्दै गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रिय सदस्य (सीसीएम) लाई प्रहरीले पक्राउ गरेको छ ।

पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटनका सानुराजा बज्राचार्य उर्फ श्याम महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
बम राखेर भाग्दै गरेका उनलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सुचनाका आधारमा महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् । उनको कोठाबाट एक थान पेस्तोल, तीन थान सकेट बम बरामद भएको प्रहरीको उच्च श्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका श्यामका विरुद्धमा हातहतियार खरखजाना तथा विष्फोटसम्वन्धी मुद्दा चलाउने तयारीमा प्रहरी रहेको छ ।

उनले राखेको सकेट बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । बम निष्क्रिय पार्नेक्रममा ठुलो आवाज आए पछि स्थानीय त्रसित बनेका थिए । बम राख्नुको कारण र पत्रकार परेका श्यामका बिषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

फोटो : फायल फोटो

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  १० : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको