१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

भारतसँग निहुँ खोज्न हैन, सदाका लागि सीमा समस्या समाधान गर्न चाहेका छौं : अध्यक्ष प्रचण्ड



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग निहुँ खोज्न नभै सिमा समस्या सदाका लागि समाधान गर्न नेपालले नयाँ नक्शा जारी गरेको बताएका छन् ।

प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा अध्यक्ष प्रचण्डले भूमि फिर्ता गर्ने सवालमा सबै राजनीतिक दलहरू बीच देखिएको राष्ट्रिय एकताले सरकारलाई भारतसँग वार्ता गर्न बफ पुग्ने जिकिर गरे ।

प्रचण्डले भारतलाई अप्ठ्यारोमा पार्न यो विधेयक नल्याएको बताउँदै नेपाली जनताको भावनालाई, चहानालाई र भारतले बुझोस भन्ने चाहेको बताए।

उनले नेपाल वार्ता र सहमतिबाटै समस्या समधान गर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउने प्रकृया अघि बढेको दाबी गरे ।

‘निरंकुश पञ्चायती तानाशाहीका प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने दिनमा हामी आइपुगेका छौँ’, प्रचण्डले भने।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  २ : २३ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,