२० आश्विन २०८३, मंगलबार | October 6, 2026

भारतसँग निहुँ खोज्न हैन, सदाका लागि सीमा समस्या समाधान गर्न चाहेका छौं : अध्यक्ष प्रचण्ड



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग निहुँ खोज्न नभै सिमा समस्या सदाका लागि समाधान गर्न नेपालले नयाँ नक्शा जारी गरेको बताएका छन् ।

प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा अध्यक्ष प्रचण्डले भूमि फिर्ता गर्ने सवालमा सबै राजनीतिक दलहरू बीच देखिएको राष्ट्रिय एकताले सरकारलाई भारतसँग वार्ता गर्न बफ पुग्ने जिकिर गरे ।

प्रचण्डले भारतलाई अप्ठ्यारोमा पार्न यो विधेयक नल्याएको बताउँदै नेपाली जनताको भावनालाई, चहानालाई र भारतले बुझोस भन्ने चाहेको बताए।

उनले नेपाल वार्ता र सहमतिबाटै समस्या समधान गर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउने प्रकृया अघि बढेको दाबी गरे ।

‘निरंकुश पञ्चायती तानाशाहीका प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने दिनमा हामी आइपुगेका छौँ’, प्रचण्डले भने।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  २ : २३ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११