१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनताले दिएको जनादेशअनुसार काम गर्न नसक्दा देशको राजनीतिक अवस्था झन् जटिल बन्दै गएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गत निर्वाचनमा राजनीतिक दलहरूले आफ्ना एजेन्डा लिएर जनतासामु गएको र जनताले पनि स्पष्ट अभिमत दिएको स्मरण गराउँदै सरकारका गतिविधिले भने जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाए।

‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन। हामीले आ–आफ्ना मत राख्यौं, जनताले पनि निर्वाचनमार्फत आफ्नो अभिमत प्रकट गरे। तर त्यसयतिका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन,’ उनले भने।

उनले सरकारप्रति जनविश्वास कमजोर बन्दै गएको र नागरिकमा निराशा तथा अन्योल बढ्दै गएको टिप्पणी गरे। ‘देशको अवस्था ठीक छैन। जनताको अपेक्षाअनुसार काम हुन सकेको छैन। बरु दिनप्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता बढेको छ। जनता झन् झस्किएजस्तो देखिन्छ,’ उनले भने।

प्रचण्डले मुलुकमा हुने राम्रो कामको जस मात्र होइन, बेथिति, अराजकता र कमजोरीको जिम्मेवारी पनि राजनीतिक नेतृत्वले लिनुपर्ने धारणा राखे।

सुनसरीको कप्तानगञ्जमा बोलबम यात्राका क्रममा भएको घटनालाई उल्लेख गर्दै उनले त्यस्ता घटनाबाट उत्पन्न हुने बेथिति र असहज परिस्थितिको जिम्मेवारीबाट राजनीतिक नेतृत्व पन्छिन नमिल्ने बताए। उनले शान्ति, सद्भाव र जनविश्वास कायम राख्न सरकार थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  १ : ३४ बजे

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर