१३ असार २०८३, शनिबार | June 27, 2026

स्वतन्त्र युवाकाे स्वेच्छिक प्रदर्शनमा साझा पार्टीको राजनीति, बुटवलका युवाले गरे आपत्ति



बुटवल । बुटवल क्षेत्रका केही युवाले जेठ ३० गते देशभर शतप्रतिशत पिसिआर परीक्षणकाे माग गर्दै आन्दाेलन गरे ।

यस काेराेनाकाे माहामारीबाट जनता बचाउन सत प्रतिशत पिसिआर  परिक्षण गर्नुपर्ने माग राख्दै युवाहरु सिर्जनात्मक प्ले कार्ड र राष्ट्रिय गानका साथ सडकमा उत्रिए । उनीहरुले काेराेना राेग परीक्षण र उपचारमा खर्च भएकाे १० अर्ब रुपैयाँकाे खर्च विवरण समेत प्रस्तुत गर्न माग गरे ।

अन्य आन्दाेलन भन्दा भिन्न भएकाले नै प्रशंसा समेत बटुलेकाे उक्त आन्दाेलन पुष्पलाल पार्क आसपासका सडकहरुमा प्रदर्शन गरिएकाे थियाे । युवाले भाैतिक दुरी कायम गर्दै बिल्कुलै देशकाे झन्डा बाेकेर नारा लगाइरहेका थिए ।

अलोक भट्टराई

तर उक्त आन्न्दाेलन स्वतन्त्र युवाकाे अगुवाइमा नभई साझा पार्टीद्वारा सञ्चालन भएकाे भन्द‌ै साझा पार्टिले प्रेस बिज्ञप्ति निकालेकाे छ । त्यसै आन्दाेलनमा युवाहरुकाे अगुवाइ मा प्रदर्शन गर्नुभएका अलाेक भट्टराई भन्नुहुन्छ-” दिनभर घाम समेत नभनि देशका निम्ति आवाज उठायाैं तर त्यस आवाज माथि साझा पार्टिले राजनिति गर्याे “, उहा भन्नुहुन्छ, -” युवाहरुले स्वइच्छाले देशका निम्ति आवाज उठाएका हाेैं यसकाे श्रेय साझा पार्टिले लिन खाेज्नु जायज हाेइन ।”

आन्दाेलनमा सहजकर्ताकाे भुमिका समेत निभाएका भट्टराईले उक्त आन्दाेलन पार्टीगत नभई स्वेच्छाले भएकाले साझा पार्टिकाे याे कदमकाे घाेर विराेध गर्नुभएकाे छ ।

देशमा युवाकाे सहभागिता माथि कुल्चिदै साझा पार्टीले गरेकाे राजनीतिकाे युवाहरुले विराेध गरेका छन् । याे आन्दाेलन बुटवल क्षेत्रमा कुनैपनि पार्टिले सनञ्चालन नगरी युवारकाे एकताकाे प्रतिफल हाे भन्दै युवाले सामाजिक सन्जालमा आपत्ति जनाएका छन् ।

उनीहरुले साझा पार्टीकाे त्यस विज्ञप्तिकाे उत्तर विज्ञप्ति नै निकालेर दिने तयारी गरेका छन् । युवा आवाज माथिकाे याे राजनीति असह्य भएकाे बुटवलका युवा आन्दाेलनकारीले जनाएका छन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ८ : २१ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को