१५ आश्विन २०८३, बिहिबार | October 2, 2026

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध



खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको खजुरा स्थित लल्मीनारायण दिब्यधाममा दर्शनार्थीहरुका लागि खानेपानीको प्रबन्ध गरिदिएको छ । धाममा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गर्दै बैंकले समर्सियल पम्पको ब्यवस्था गरिदिएको हो ।

धाम परिषरमा एक कार्यक्रमका बीच कृषि विकास बैंक खजुरा शाखाका प्रबन्धक बिजय बहादुर सिंहले पम्प जडानका लागि लाग्ने लागत बापतको चेक हस्तान्तरण गरे । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बैंकले प्रदान गरेको ८० हजार बराबरको चेक बुझ्दै सहयोगका लागि धन्यवाद प्रकट गरे । पश्चिम क्षेत्रकै धार्मिक पर्यटकिय स्थल बनाउने उद्देश्य सहित खजुरामा निर्माणाधिन दिब्य धाममा पिउने पानीको प्रबन्ध गरेर बैंकले ठुलो पुन्य कमाएको उनले बताए ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका शाखा प्रबन्धक सिंहले दिब्यधाम जस्तो पवित्रस्थलमा सामाजिक उत्तरदायित्व निभाउन पाउँदा खुसी लागेको बताए ।

धर्मिक पर्यटनलाई लक्षित गर्दै खजुरामा ६० फुट उचाईको बिराट लक्ष्मीनाराण दिब्यधाम निर्माण थालिएको छ । झण्डै १० करोड लागतमा थालिएको धामले खजुरा र यस क्षेत्रको धार्मिक पर्यटनको प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  १० : ५६ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँकेका स्थानीय तहमा गरिबीको तह असमान, नरैनापुरमा आधा बढी जनसंख्या गरिबीको रेखामुनी

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स

काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा

देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन् शेखर कोइराला

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर