८ बैशाख २०८१, शनिबार | April 20, 2024

छिमेकीसँगको सम्बन्ध सुधारमा भारतीय नेतृत्व असफल : विश्लेषक एसडी मुनी



काठमाडौं । भारत र नेपाल बीचको सम्बन्ध बिगार्ने कार्यमा भारतीय नेतृत्वकै भुमिका रहेको भारतीय बिश्लेषकहरुले आरोप लगाउन थालेका छन् । उनीहरुले परम्परागत सम्बन्धका नाममा भारतले सर्बभौम मुलुकलाई छोटे भाईको ब्यवहार गर्ने, रोटी बेटीको नाममा आन्तरिक मामिलामा हस्तक्षेप गर्ने जस्ता कार्य नै दुई देशको सम्बन्धमा चिसोपन आएको उनीहरुको ठहर छ ।

पछिल्लो समय भारतका नेपाल मामिला विज्ञ मानिने विश्लेषक एसडी मुनीले नेपाल भारत सम्बन्ध बिगार्न भारतीय नेतृत्व जिम्मेवार रहेको टिप्पणी गरेकाछन् । मुनीले नेपालको संविधान जारी गर्ने बेलामा भारतीय प्रधानमन्त्री मोदीले दुत पठाएर रोक्न प्रयत्न गर्नु महाभुल भएको ठहर गरेकाछन् ।

उनले नयां नेपाल बन्दै आएको मुद्दालाई भारतले बुझ्न नसकेको बताउँदै भारतीय नेतृत्वले नेपाली युवाहरुको मनस्थितीको आंकलन नगरेको बताए । नेपाल हिन्दुराष्ट्र नरहेको स्पष्ट गर्दै भारतीय जनतापार्टीका केहि नेतृत्वमा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभिलाषा रहेको खुलासा गरे ।

भारतीय नेतृत्वले नेपालको हरेक राजनितीक घटनामा हस्तक्षेप गर्ने गरेको भन्दै त्यसै बिषयलाई नेपाली जनताले अपमान भएको महसुस गर्ने गरेको बताए । मुनीले भारतीय एक अनलाईन टेलिभिजनसँग कुरा गर्दै चीनले झण्डै ५ प्रतिशतले बढ्दै गएको जनसंख्या वृद्दिको ब्यापारलाई आफ्नो पक्षमा लिन खोज्नुलाई अस्वाभिक रुपमा लिन नहुने बताए ।

विश्लेषक मुनीले भारत र चीनबीच सैन्य लडाईं हुने सम्भावनालाई अस्वीकार गर्दै भारतीय गुप्तचर एजेन्सीको कमजोरीका कारण चीन हस्तक्षेपकारी रुपमा अगाडि बढिरहेको बताए । कालापानीको विवाद चीनसँग पनि जोडिएको विवाद भएको भन्दै उनले चीन त्यस क्षेत्रबाट फर्केर जाने सम्भावना कम भएको अनुमान गरे ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ८ : २० बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको