१३ असार २०८३, शनिबार | June 27, 2026

आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, ‘एमसीसी’ छलफलको एजेण्डा



काठमाडौं । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न भन्दै पटक पटक मिती तय गर्दै स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज चार बजे बस्ने भएको छ ।

आजको बैठक पनि एमसीसीबारे छलफल गर्न बोलाईएको बताईएको छ । नेकपाका एक नेताका अनुसारमा बैठकमा नेता भीम रावल, मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवालीलाई पनि सहभागी गराइने छ ।

यस अघि जेठ २७ बोलाइएको बैठक स्थगित गरिएको थियो ।

एमसीसीलाई लिएर विवाद बढेपछि गत जेठ १७ गते पनि नेकपा सचिवालय बैठक बसेको थियो । तर यस विषयलाई नेकपाले कुनै निर्णय गर्न सकेको छैन । एमसीसीकै कारण नेकपाको स्थायी समितीको बैठक समेत बस्न नसकेको बताईएको छ । स्थायी समिति र केन्द्रीय कमिटीमा एमसीसीको एजेण्डामा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली अल्पमतमा रहेका कारण उनले बैठक बोलाउन अनिच्छा देखाएपछि बैठक बस्न नसकेको नेकपा श्रोतले बताएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १० : ४० बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को