५ पुस २०८२, शनिबार | December 20, 2025

वनपैदावरको कारोबार फुक्का, सालको काठमा लगाइएको प्रतिबन्ध कायमै



काठमाडौं । व्यापक आलोचना बढेपछि सरकारले सालको काठ बाहेक अन्य काठ र वनपैदावको कारोबार फुकुवा गरेको छ ।

गत जेठ १५ गतेको मन्त्रिपरिषद् बैठकले नेपालका कुनै पनि काठजन्य वस्तु विक्रिवितरणमा रोक लगाएको थियो । मन्त्रिपरिषद्को निर्णयलाई तत्कालै वनमन्त्रालयले प्रदेशको मातहत मन्त्रालयलाई निर्देशन दिएको थियो ।

तर, गत जेठ २८ गतेको मन्त्रिपरिषदको निर्णयले सालको काठबाहेक अन्य काठको कारोबारलाई खुला गरेको छ । वन मन्त्रालयले सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई परिपत्र पठाउँदै वन पैदावरसम्बन्धी रोकिएका काम सुचारु गर्न अनुरोध गरेको छ ।
वन मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘राष्ट्रिय वन क्षेत्रमा रहेका साल प्रजातिको रुखको कटान मुछान, संकलन र ओसारपसार हाललाई रोक्का राख्दै राष्ट्रिय वनक्षेत्रबाट नियमानुसार कटान मुछान भैसककेका, वन क्षेत्रबाट घाटगद्दीसम्म ढुवानी भैसकेका वा ढुवानी हुन बाँकी साल बाहेकका विभिन्न जातका गोलिया काठमहरु मुछान गर्ने, घाटगद्दी गर्ने, ढुवानी र ओसारपसार तथा नियमानुसार समूहभित्र वा बाहिर बिक्रि वितरण गर्ने व्यवस्था मिलाउने ।’

निजी हक भोगको जग्गामा नियमानुसार कटान मुछान भएका साल बाहेकका काठ द ाउरा पनि नियमानुसार ढुवानी, विक्रि वितरण र ओसारपसार सुचारु गर्न पनि वन मन्त्रालयले प्रदेशका मातहत मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसअघि वन पैदावरमा रोक लगाउने सरकारको निर्णयले विदेशी आयातलाई प्रोत्साहन गर्ने, स्वदेशी काष्ठ उद्योग धरासायी हुने, विदेशी आयात बढ्ने, वातावरण प्रदुषण फैलाउने आल्मुनियम र पीभीसीको आयात बढ्ने भन्दै वन पैदावर व्यवसायीहरुले असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ४० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य