४ पुस २०८२, शुक्रबार | December 20, 2025

चीनको राजधानी बेइजिङमा लगातार तेस्रो दिन पनि थपिए ३६ कोरोना संक्रमित



बेइजिङमा लगातात तेस्रो दिन पनि कोरोना भाइरसका नयाँ संक्रमित देखिएपछि चिनियाँ अधिकारीहरु चिन्तित भएका छन् ।

पछिल्लो २४ घण्टामा बेइजिङमा मात्रै ३६ नयाँ संक्रमित देखिएका छन् । जबकी देशभर ४९ संक्रमित थपिएका छन् । लगातार दोस्रो दिन रेकर्ड संख्यामा संक्रमितको मामिला आएको हो ।

एक दिन पहिला पनि यत्तिकै संख्यामा मानिसहरु कोरोना संक्रमित भएका थिए ।

अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार नयाँ संक्रमितको सम्बन्ध बेइजिङको हेडियान क्षेत्रमा रहेको एक थोक सब्जीमण्डीमा जोडिएको छ । जसका कारण यो बजार क्षेत्र र आसपासको इलाकालाई लकडाउन गरिएको छ ।

यसअघि, गत साता बेइजिङमा नयाँ संक्रमित एक ठूलो मण्डीमा देखिएको थियो । शिनफाडी नाम गरेको यस मण्डीलाई बन्द गरिएको छ । र, आसपासका हजारौं बासिन्दाको कोरोना परीक्षण गरिएको छ ।

कोरोना महामारी सबैभन्दा पहिला चीनमै देखिएपनि चीनले सबैभन्दा पहिला नियन्त्रणमा पनि लिएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ११ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको