८ बैशाख २०८३, मंगलबार | April 21, 2026

कोरोना भाइरसका संक्रमित सोमबार ४५१ जना थपिए, संक्रमितको संख्या ६२०० माथि



काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । सोमबार मात्रै ३५ महिला र ४१६ पुरुषसहित ४५१ जना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार सबैभन्दा धेरै १३९ जना संक्रमित देखिएका छन् । यस्तै, कर्णाली प्रदेशको जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०७ जना संक्रमित देखिएका छन् ।

विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १ जनामा संक्रमण देखिएको छ भने नारायणी अस्पतालको प्रयोगशालाबाट पर्सा र रौतहटका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, धनगढीस्थित सेती अस्पतालको प्रयोगशालाबाट अछाम, कैलाली र डोटीका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ५ जनामा संक्रमण देखिएको छ ।

यस्तै, जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट महोत्तरी २० र धनुषाका ४ जना गरी २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका २ र रुपन्देहीका ७ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, धुलिखेल अस्पतालको प्रयोगशालाको परीक्षणबाट रोल्पाका ४ र काठमाडौंका १ जनामा कोरोना देखिएको छ भने दाङस्थित राप्ती विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १ जनापुरुषमा कोरोना देखिएको छ ।हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा २५ जना संक्रमित थपिएका छन् ।

यसैगरी, पाटन अस्पतालको प्रयोगशालामा ललितपुरका १ जना र काठमाडौंका २ जनागरी ३ जनामा संक्रमण देखिएको छ भने टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालको प्रयोगशालाबाट धादिङका ९ जना र काठमाडौंका १ जना गरी १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । जसमध्ये ५ हजार ७४० पुरुष र ४७१ महिला रहेका छन् ।

आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ५ हजार १५१ पुगेको छ । यस्तै, क्वारेन्टिनमा रहेकाहरु १ लाख ३८ हजार ८२९ जना रहेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ४ : ३४ बजे

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान

नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी

प्रतिनिधिसभा बैठकमा फोटो, अडियो–भिडियो रेकर्डमा प्रतिबन्ध

काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र सांसदहरूले अब फोटो खिच्न तथा