२१ भदौ २०८३, आइतबार | September 7, 2026

प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट, गतवर्ष भन्दा ६ करोड कम (बजेटको पूर्णपाठ सहित)



बुटवल । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षभन्दा ६ करोड रुपैयाँ कम गरी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमध्ये चालुतर्फ ३४ दमलव ६४ प्रतिशत अर्थात १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पुँजीगततर्फ ५१ दशमलव २२ प्रतिशत अर्थात १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीयतह वित्तीय हस्तान्तरणतर्फ १४ दशमलव १४ प्रतिशत अर्थात ५ अर्ब १४ करोड ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।

बजेट आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानतर्फ ४८ करोड ३३ विशेष अनुदानबाट र २१ करोड र चालु वर्षको खर्च हुन नसकेको रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ ।

प्रदेश ५ सरकारले अघिल्लो वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंयाको बजेट ल्याएको थियो ।

बजेटले स्वास्थ्य, कृषि र रोजगारी प्रवद्र्धनलाई केन्द्रित गरेको छ ।

बजेटको पूर्णपाठ 

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/06/budge-state5-converted.pdf” title=”budge state5-converted”]

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : २८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त