२८ असार २०८२, शनिबार | July 12, 2025

प्रदेश ५ मा पहिलो विशिष्टिकृत सहकारी स्थापना



बुटवल । प्रदेश नम्बर ५ मा पहिलो प्रदेश स्तरको सहकारी संस्थाले बैधानीकता पाएको छ । संशोधित सहकारी ऐन अनुसार नेपालको दोस्रो र प्रदेशको पहिलो विशिष्टिकृत सहकारी संघको रूपमा लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेडले मान्यता पाएको छ ।

प्रदेश ५ भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा आयोजित कार्यक्रममा लुम्बिनी बिशिष्टिकृत सहकारी संस्थालाई प्रदेशको पहिलो बिशिष्टिकृत सहकारीकारुपमा कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रमाणपत्र प्रदान गरेकी थिईन् ।

प्रमाणपत्र बितरण गर्ने कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एकलागि सबै, सबैका लागि एक भन्ने सहकारीको मुलमन्त्रलाई आत्मसाथ गर्दै प्रदेशमा उत्कृष्ठ काम गर्ने सहकारी बन्न शुभकामना दिईन् । उनले नयां परिवेशमा नयां कामको थालनि भएकाले सिक्दै र परिस्कृत हुंदै जानेगरि काम गर्न आवश्यक रहेको बताईन् ।

प्रदेश नम्बर ५ का १०वटा जिल्ला कार्यक्षेत्र रहनेगरी विभिन्न प्रकृतिका ५१ वटा प्रारम्भिक सहकारी संस्थाहरुको संलग्नता एवं प्रारम्भिक लगानीमा विशिष्टिकृत सहकारी संघ लिमिटेड स्थापना भएको हो । सहकारीले उच्चस्तरको प्रशोधन प्रविधिको प्रयोग गरी दूधलाई प्रशोधन गरेर गुणस्तरीय दूध आपूर्ति गर्ने तथा दूधका अन्य विभिन्न परिकारहरु समेत तयार गरी बजारमा लैजाने लक्ष्य लिएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्षखगराज शर्माले प्रदेश अन्तर्गतका रुपन्देही सहित विभिन्न जिल्लामा रहेका दुग्ध उत्पादन सहकारीका अलावा अन्य विभिन्न प्रकृतिका सहकारी संस्थाहरुलाई आवद्ध गरी आवश्यक पुँजी जुटाउने तथा आम सहकारीहरूलाई पुन थप अपनत्व दिलाउने कामको थालनी गर्ने प्रतिबद्धता ब्यक्त गरे । सहकारीले डेढ देखि, दुई वर्ष भित्रमा उत्पादनलाई बजारसम्म लैजाने गरी अभियान थालिएको उनले बताए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : १८ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली । टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

आर्थिक वृद्धिदरमा सुधार भएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

अहिलेको सत्ता सहयात्रा चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन