२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

गुल्मीमा थपिए ११ संक्रमित, २ जना निको, २ जनाको मृत्यु



गुल्मी । गुल्मीमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो तथ्यांकसंगै गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

मुसिकोट नगरपालिका ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिला र ५ वर्षकी बालिकामा कोरोना पुष्टि भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

शर्माका अनुसार मुसिकोटबाट रिफर गरेर भैरहवामा उपचारत अर्का एक जनामा पनि कोरोना पुष्टि भएको छ । मुसिकोट नगरपालिकामा मात्र कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ११ पुगेको छ ।

यस्तै रेसुङ्गा नगरपालिकाका वडा नम्बर ३ का ४८ वर्षका पुरुष, वडा नम्बर ६ का १९ वर्षका पुरुष र वडा नम्बर १४ का २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म ३७२९ जनाको आरडिटी बिधिबाट परीक्षण गरिएको छ । पीसीआर बिधिबाट परीक्षण गर्न ७०६ जनाको स्वाब संकलन गरिएकोमा ४०५ जनाकोमात्र रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

बिपद ब्यवस्थापन समिती गुल्मीको संयोजनामा सबै पालिकाहरुले भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुलाई ५ हजार ३ सय ८ बेडको क्वारेन्टिन तयार गरिएको मा २ हजार ८ सय ९ जना क्वारेन्टिनमा बसेका छन् । जिल्लामा हाल ७७ बेडको आइसोलेसन बेड तयार गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : ०४ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary