२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पहिरो जादा नारायणगढ-मुग्लिन सडक अबरुद्ध



चितवन । मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलो डाँडामा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

आज बिहान सवा ४ बजे गएको पहिरोका कारण बिहानै देखि राजमार्गको दुइतर्फी आवागनम अवरुद्ध भएको हो ।

अहिले अवरुद्ध राजमार्ग खुलाउनका लागि इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरूद्ध भएको हो ।

डोजर ल्याइ पहिरो पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

पहिरो झर्ने क्रम अझै नरोकिएकोले पहिरो पन्छाएर राजमार्गको यातायात सुचारु गर्न निकै समय लाग्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : ०० बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको