१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सशस्त्र प्रहरीका आईजी भारतबाट अतिक्रमित सिमा निरिक्षण गर्न दार्चुला जांदै



काठमाडौं । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रमुख आइजी शैलेन्द्र खनाल भारतले अतिक्रमण गरेको सिमा आसपासको सुरक्षा पोष्टको निरिक्षण गर्न आज दार्चुला जाने भएकाछन् ।

बुधवार बिहान हेलिकप्टरबाट उनी दार्चुला जान लागेको सशस्त्र प्रहरीले जनाएको छ । सरकारको सिमा सुरक्षामा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय संगै गत बैशाख ३१ गते कालापानीभन्दा १० किलोमिटर पूर्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो । दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा बीओपी राखिएको हो।

आइजी खनालले सिमामा तैनाथ नयाँ बीओपीको निरीक्षण गर्न जान लागेको गृहमन्त्रालय स्रोतले पुष्टि गरेको छ । विगतमा ५८ जिल्लामा मात्र सशस्त्र प्रहरीको पहुंच भएकोमा अहिले सशस्त्र प्रहरी बलको उपस्थितिलाई हाल ७७ जिल्लामा पु¥याईएको छ ।

२०७४ सालको अन्त्यसम्म ८७ वटामा सिमीत रहेको बिओपीलाई हाल १ सय ३० स्थानमा सञ्चालनमा ल्याइएको छ। सशस्त्रले बिओपीलाई २२१ सम्म विस्तार गर्ने योजना बनाएको छ । सशस्त्रले यसै आर्थिक वर्षमा उत्तरी सीमातर्फ संखुवासभाको किमाथांका, दार्चुला छाङ्रु, मुस्ताङ्गको नेर्चुङ्गमा नयाँ बीओपी स्थापना गरेको छ । हुम्लाको नाम्खाको हिल्सा र बैतडीको पञ्चेश्वरमा चाँडै बीओपी बिस्तार गर्ने तयारी भै रहेको सशस्त्र स्रोतले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : ०६ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई