२२ मंसिर २०८०, शुक्रबार | December 8, 2023

उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन, ढाका र बैंककबाट आज उद्दार हुँदै



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।

उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा पिसिआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएकाले चार्टर्ड उडानको तालिका परिवर्तन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

पिसिआर रिपोर्ट समयमा आउन नसेकेको तथा अन्य प्राविधिक कारणले गर्दा सम्बन्धित देशका नेपाली दूतावासबाट अनुरोध भएकाले पूर्वनिर्धारित उडान तालिकामा केही परिवर्तन गरिएको हो ।

निगमले यसअघि जुन १४ देखि २५ सम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको थियो । निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो । जुन १५ र १६ को उडान रद्द भएको थियो ।

पछिल्लो पटक निगमले उडानको नयाँ कार्यतालिका बनाएको छ । निगमको उडान तालिकाअनुसार जुन १७ मा थाइल्याण्डको बैंकक रहेको छ । त्यसैगरी जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९मा जापानको नारिता र बुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ । त्यसैगरी जुन २१ मा ढाका, दक्षिण कोरिया र बहराइन जुन २२ मा अष्ट्रेलियाको सिङ्नी र बैंकक उडान हुनेछ । त्यस्तै जुन २३ मा नारिता र माले, जुन २४ मा नारिता साउदी अरबको जेद्दा, जुन २५ मा बहराईन, जुन २६ मा मेलबर्न, जुन २७ मा मेलबर्न, जुन २९ मा तेल अभिव, साइप्रस, जेद्दा र जुन ३० मा साइप्रसका लागि उडान निर्धारण गरिएको छ ।

दूतावाससँगको समन्वयमा हुने चार्टर्ड उडानमा यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेटेटिभ वा कोभिडको लक्षण नभएको स्वास्थ्यकर्मीको प्रमाणित प्रमाण पेश गरेको हुनुपर्नेछ । चार्टर्ड उडान यात्रुको उपलब्धताको आधारमा परिवर्तन हुनसक्ने र जहाजमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बङ्गलादेश र बैंककबाट उद्धार उडान
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले बुधबार पनि विभिन्न मुलुकबाट अलपत्र नेपाली उद्धार उडान गरी नेपाल ल्याउँदैछन् । नेपाल एयरलाइन्सले बैंककबाट र हिमालयले ढाकाबाट उद्धार उडान गरी नेपाली ल्याउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । त्यस प्रयोजनका निम्ति दुबै एयरलाइन्सका जहाज गन्तव्यतर्फ उडिसकेका छन् । दुबै जहाज साँझसम्म काठमाडौँ फर्कने छन् ।

यसैबीच, ढाकामा रहेका विद्यार्थी नविन यादवले विमानस्थलबाट फेसबुकमा फोटो पोष्ट गर्दै तीन महिनादेखिको प्रतिक्षा समाप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

यादवले फेसबुककमा लेखेका छन्, झन्डै ३ महिना देखिको लामो सघर्ष पश्चात आफ्नै खर्चमा गरिएको उद्धारको दोस्रो उडानमा (हिमालयन एयरलाइन्समा) नेपाल फर्कदै छौं । यसका निम्ति सहयोग गर्ने सम्पूर्ण नागरिक समाज ,बिधार्थीवर्ग , अभिभावक , मिडियाकर्मी मित्र एवं बंगलादेशस्थित नेपाली राजदुतावास परिवारलाइ हार्दिक धन्यवाद एवं नमन । बाँकी रहेका साथीभाइहरु बंगलादेश स्थित नेपाली राजदुतावासले सार्वजनिक गरेको नाम सुची र मिति अनुसार (आउँदो २० जुन र २१ जुन)मा फर्कदै हुनुहुन्छ । नेपाल फर्के लगतै नेपाल सरकारको निर्देशन अनुरुप हामी क्वारेन्टाइनमा (१४ दिन) बस्ने छौं र त्यस पश्चात हामीले हाम्रो अभियानको प्रारम्भकाल देखि भने अनुसार नै स्वइच्छाले स्वंसेवक बनि कोरोना बिरुद्धको लडाइमा नेपाल सरकारलाइ सहयोग गर्न होमिने छौं । यसका निम्ति हामीले तयारी पनि थालिसकेका छौं ।’

विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिइएको छ । नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारो बडी जहाज छन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  २ : ०९ बजे

लुम्बिनीमा नेपाल-भारत साँस्कृतिक उत्सव : भारत र चीनको पक्की पुल बन्न चाहन्छौं – मन्त्री किराँती

लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले

Parliamentary Hearing Committee approves Sanil for ambassadorial post

Kathmandu: The Federal Parliament Hearing Committee on Friday unanimously approved

एनसेल खरिदबिक्री विरुद्ध अमरेशकुमार सिंहले गरे सर्वोच्चमा रिट दर्ता

काठमाडौं। एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले

आफू प्रधानमन्त्री रहेसम्म राष्ट्र र जनहित विपरीत कुनै काम हुन दिन्न : प्रचण्ड

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको उन्नयनका

आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज,