१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह



काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै खोजीका निम्ति आग्रह गरेको हो ।

पर्यटन विभागले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १४ गतेकोे हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि आवश्यक पहल र समन्वय गर्न सरोकार भएका सबैसँग आग्रह गरिएको छ । बेपत्ता नेपाली आरोहीमा पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, न्वाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जा ‘निम्स दाइ’ रहेका छन्।

बेपत्ता नेपाली आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ । साथै, खोज तथा उद्धार कार्यसम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १२ : ०८ बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams