२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

बर्दियामा ३१ जना कोरोना संक्रमित थपिए, आर डि टि गरी घर पठाएका २२ जनामा कोरोना संक्रमण



बर्दिया । बर्दिया जिल्लामाआज ३१ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा भएको पिसिआर परिक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएकामध्ये बढैयाताल गाउँपालिकाकामात्र २६जना रहेका छन् । बढैयाताल गाउँपालिकाका २२ जनालाई आरडिटि चेकगर्दा नेगेटिभ देखिएपछि केहीदिन अघि घर पठाईएको थियो । उनीहरु सँग एउटै क्वारेन्टाईनमा बसेकाहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ्ग गरी पिसिआर चेक गर्दा पोजेटिभ देखिएको छ । बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले आर डि टि चेक गर्दा नेगेटिभ आएपछि घर पठाए पनि कन्ट्याक्ट ट्रेसिङ्गबाट पिसिआर चेक गर्दा २२ जनालाई कोरोना संक्रमण देखिएको बताए । सुरुमा केहीव्यक्तीलाई कन्ट्याक्ट ट्रेसिङ्ग गरी पिसिआर चेक गर्ने भनिएतापनि वडाध्यक्ष र स्थानीयको माग बमोजिम सबैलाई पिसिआर चेक गरीएको उनले बताए । एउटै शौचालय र धाराको प्रयोग गरेको कारणले कोरोना संक्रमण भएको हुन सक्ने स्थानीयले बताएका छन् ।

त्यसैगरी बर्दिया जिल्लामा ४ जना बाँसगढी नगरपालिका र १ जना राजापुर नगरपालिकामा कोरोना संक्रमण पोजेटिभ भेटिएका छन् । उनीहरुलाई आईसोलेसनमा राख्ने तयारी भईरहेको छ । घर पठाईएका कोरोना संक्रमितको घर लग गर्ने र कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने स्वास्थ्यकार्यालय बर्दियाकाप्रमुखगोकर्ण गिरीले बताए । बर्दिया जिल्लामाहाल सम्म कोरोना संक्रमितको संख्याएक सय ४१ पुगेको छ भने १३ जनानिको भएका छन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : १२ बजे

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका