१० भदौ २०८३, बुधबार | August 26, 2026

बर्दियामा ३१ जना कोरोना संक्रमित थपिए, आर डि टि गरी घर पठाएका २२ जनामा कोरोना संक्रमण



बर्दिया । बर्दिया जिल्लामाआज ३१ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा भएको पिसिआर परिक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएकामध्ये बढैयाताल गाउँपालिकाकामात्र २६जना रहेका छन् । बढैयाताल गाउँपालिकाका २२ जनालाई आरडिटि चेकगर्दा नेगेटिभ देखिएपछि केहीदिन अघि घर पठाईएको थियो । उनीहरु सँग एउटै क्वारेन्टाईनमा बसेकाहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ्ग गरी पिसिआर चेक गर्दा पोजेटिभ देखिएको छ । बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले आर डि टि चेक गर्दा नेगेटिभ आएपछि घर पठाए पनि कन्ट्याक्ट ट्रेसिङ्गबाट पिसिआर चेक गर्दा २२ जनालाई कोरोना संक्रमण देखिएको बताए । सुरुमा केहीव्यक्तीलाई कन्ट्याक्ट ट्रेसिङ्ग गरी पिसिआर चेक गर्ने भनिएतापनि वडाध्यक्ष र स्थानीयको माग बमोजिम सबैलाई पिसिआर चेक गरीएको उनले बताए । एउटै शौचालय र धाराको प्रयोग गरेको कारणले कोरोना संक्रमण भएको हुन सक्ने स्थानीयले बताएका छन् ।

त्यसैगरी बर्दिया जिल्लामा ४ जना बाँसगढी नगरपालिका र १ जना राजापुर नगरपालिकामा कोरोना संक्रमण पोजेटिभ भेटिएका छन् । उनीहरुलाई आईसोलेसनमा राख्ने तयारी भईरहेको छ । घर पठाईएका कोरोना संक्रमितको घर लग गर्ने र कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने स्वास्थ्यकार्यालय बर्दियाकाप्रमुखगोकर्ण गिरीले बताए । बर्दिया जिल्लामाहाल सम्म कोरोना संक्रमितको संख्याएक सय ४१ पुगेको छ भने १३ जनानिको भएका छन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : १२ बजे

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको