५ पुस २०८२, शनिबार | December 20, 2025

बांकेमा थप १ जनामा मृत्यु पछि कोरोना पुष्टि, मृतक महिलामा स्थानीय स्तरबाटै संक्रमण सरेको अनुमान



नेपालगन्ज । बांकेमा आज मृत्यु भएको थप १ जनामा कोरोना पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएकी कैलाली लम्की चुहा नगरपालिका २ की ४३ बर्षिया महिलाको पीसीआर टेष्टमा कोरोना पुष्टि भएको हो ।

मंगरबार टाउकोमा रगत जमेर उपचारका लागि कोहलपुर मेडिकल कलेज आएकी उनको आज बिहान मृत्यु भएको थियो । मृत्यु पश्चात स्वाव संकलन गरेर भेरी अस्पताल प्रयोगशालामा परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए । मृतक महिलाको शव बिहिबार ब्यवस्थापन गरिने श्रेष्ठले जानकारी दिए ।

आज मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । बांकेमा उपचारका क्रममा मृत्यु भएका दुईजना नै भारतबाट नआएको र स्थानीयस्तरबाट संक्रमण फैलिएका महिला हुन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : ५७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता