१० भदौ २०८३, बुधबार | August 26, 2026

बांकेमा थप १ जनामा मृत्यु पछि कोरोना पुष्टि, मृतक महिलामा स्थानीय स्तरबाटै संक्रमण सरेको अनुमान



नेपालगन्ज । बांकेमा आज मृत्यु भएको थप १ जनामा कोरोना पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएकी कैलाली लम्की चुहा नगरपालिका २ की ४३ बर्षिया महिलाको पीसीआर टेष्टमा कोरोना पुष्टि भएको हो ।

मंगरबार टाउकोमा रगत जमेर उपचारका लागि कोहलपुर मेडिकल कलेज आएकी उनको आज बिहान मृत्यु भएको थियो । मृत्यु पश्चात स्वाव संकलन गरेर भेरी अस्पताल प्रयोगशालामा परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए । मृतक महिलाको शव बिहिबार ब्यवस्थापन गरिने श्रेष्ठले जानकारी दिए ।

आज मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । बांकेमा उपचारका क्रममा मृत्यु भएका दुईजना नै भारतबाट नआएको र स्थानीयस्तरबाट संक्रमण फैलिएका महिला हुन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : ५७ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय