१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बाराको बिश्रामपुर सिमाबाट भारत निकासी हुंदै गरेको ५ लाखको छोकडा प्रहरीबाट बरामद



बारा । बाराको विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट चोरी निकासी गरी भारततर्फ लैजान लागेको अवस्थामा छोकरा प्रहरीले बरामद गरेको छ । अबैधरुपमा भारत लैजानका लागि भण्डारण गरेको करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य पर्ने ३५ क्विन्टल छोकडा बुधबार प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बलिरामपुर स्थित नेपाल भारत सिमाको दशगजा क्षेत्र नजिकै उक्त परिमाणको छोकडा प्रहरीले बरामद गरेको हो । प्रहरी आएको देख्नासाथ छोकडा तस्करहरु सामान छाडी फरार भएको प्रहरीले जनाएको छ ।

बरामद छोकडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : ४८ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन