१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

यी हुन् नयाँ विद्युत् महसुल दरमा भएका मुख्य परिवर्तन



काठमाडौं । विद्युत् नियमन आयोगले नयाँ विद्युत् महसुल दर प्रस्ताव गरेसँगै मासिक न्यूनतम १० युनिटसम्म खपत गर्ने ग्राहस्थ ग्राहकलाई इनर्जी शुल्क निःशुल्क भएको छ ।

दश युनिटभन्दा माथि खपत गर्ने ग्राहस्थ ग्राहकको विद्युत् महसुल अधिकतम १० प्रतिशतसम्म घटाइएको छ । डेडिकेटेड र ट्रङ्क लाइनको महशुल खारेज गरिएको छ । औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकको करिब ६५ प्रतिशतसम्म महशुल कम हुनेछ ।

सामुदायिक खानेपानी र सिँचाइ वर्गका ग्राहकको डिमाण्ड शुल्क पूर्णरुपले हटाइएको छ भने सामुदायिक खानेपानी ग्राहकको इनर्जी शुल्क पाँच रुपैयाँ २० पैसाबाट चार रुपैयाँ २० कायम गरिएको छ ।

११ केभीका सामुदायिक खानेपानी ग्राहकको महशुल रातिको समयमा तीन रुपैयाँ ४० पैसा कायम गरिएको छ । यसबाट औशत खानेपानी ग्राहकको महशुल ४० देखि ५० प्रतिशत कम हुने बताइएको छ ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनको महशुल अत्यन्त सस्तो कायम गरिएको छ । राति ११ देखि बिहान ५ बजेसम्मका लागि ११ केभीको इनर्जी शुल्क चार रुपैयाँ २० पैसा कायम गरिएको छ । यसबाट विद्युतीय सवारी साधनको प्रतिकिलोमिटर विद्युत् खर्च पेट्रोल गाडीको भन्दा १० गुणा कम हुनेछ ।

यस्तै सामुदायिक थोक ग्राहकको २० युनिटसम्मको इनर्जी शुल्क ४ रुपैयाँ २५ पैसाबाट तीन रुपैयाँ अर्थात ३१ प्रतिशतले कम कायम गरिएको छ । रासस

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ६ : ३१ बजे

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक