१९ आश्विन २०८३, सोमबार | October 5, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना



काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पूर्ण बदली र प्रदेश २, बागमती, र गण्डकी प्रदेशको मौसममा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १ का केहि स्थानहरूमा बर्षा भईरहेको छ । आज दिउँसो प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरु तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ । आज राती सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहने महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १, २, ५, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरैजसो स्थानहरुका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ६ : ४२ बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा