५ श्रावण २०८३, मंगलबार | July 21, 2026

हिमाली जिल्ला मुस्ताङमा पनि छिऱ्यो कोरोना भाइरस, गण्डकीमा बिहानै थपिए ४२ जना



पोखरा । अहिलेसम्म सुरक्षित रहेको गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मनाङको चामे गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै भाइरसको संक्रमणबाट जोगिएको हिमाली जिल्ला पनि प्रभावित बनेको हो । तर संक्रमित कर्मचारी मनाङको बासिन्दा नभएर कपिलवस्तु वाणगंगा–१४ का रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४२ जना संक्रमित थपिएका छन् ।

नवलपरासी सुस्ता पूर्वमा १८ जना, तनहुँमा १२, गोरखामा ११ जना कोरोना संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ जना र गैंडाकोट नगरपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

तनहुँको ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहीद लखन गाउँपालिकाका ४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अब, गण्डकी प्रदेशमा मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ६ : ५८ बजे

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल