काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ । काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले ब्याटिङको निम्तो पाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले विराटनगरका कप्तान सन्दीप लामिछानेलाई ब्याटिङको निम्तो दिएका हुन् ।
विराटनगर किंग्सले आज प्रतियोगितामा पाँचौँ खेल खेल्दैछ भने काठमाडौं गोर्खाज तेस्रो खेलका लागि मैदानमा उत्रँदैछ ।
तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार अंक जोडेको छ । यता, काठमाडौं गोर्खाज दुई अंकसहित तालिकामा रहेको छ । दुवै टोली आजको खेलमा जित निकाल्दै आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन् ।
















प्रतिक्रिया