११ भदौ २०८३, बिहिबार | August 27, 2026

भक्तपुर प्रहरीका प्रहरी हवल्दारमा कोरोना संक्रमण, १२ प्रहरी क्वारेन्टाइनमा



काठमाडौं । पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीहरुमा कोरोना संक्रमण देखिने क्रमले निरन्तरता पाएको छ । कपिलस्तुको कृष्णनगरबाट सुरुभएको प्रहरीको संक्रमण पुर्व गृहमन्त्री भिम रावलको सुरक्षा गार्ड सम्म पुष्टि भईसकेको छ । काठमाडौं उपत्यकामा कार्यरत थप एक जना प्रहरीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दारमा कोरोना पोजेटिभ देखिएको हो।

महानगरिय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले स्वास्थ्यमा समस्या आएपछि कोरोनाको आशंकमा परीक्षण गराउंदा कोरोना पुष्टि भएको जानकारी दिए । प्रहरी हवल्दारको पाँच दिन अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव संकलन गरिएको थियो।

सङ्क्रमित देखिएका हवल्दार भक्तपुर परिसरको सञ्चार शाखामा काम गर्दै आएका थिए। लकडाउनको समयमा उनी काठमाडौँ उपत्यका बाहिर गएको नखुलेको प्रहरीले जनाएको छ । सङ्क्रमण देखिएपछि उनीसंगै काम गर्ने १२ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ। जसमा ४ जना महिला प्रहरी रहेका छन्।

क्वारेन्टाइनमा रहेकामध्ये दुई जना श्रीमान् श्रीमती प्रहरी समेत रहेका छन्।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : ३६ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक