२० माघ २०८२, मंगलबार | February 3, 2026

सैनामैना नगरपालिकाको कोभिड १९ रोकथाम र नियन्त्रणमा १ करोड ४६ लाख खर्च



बुटवल । सरकारले कोभिड १९ को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनमा भएको आम्दानी खर्च सार्वजानिक गरेसंगै स्थानीय तहबाट पनि धमाधम् कोभिड १९ प्रकरणमा भएका आम्दानी खर्चको बिवरण सार्वजानिक गर्न थालेकाछन् । अघिल्लो हप्ता बुटवल उपमहानगरपालिकाले आम्दानी खर्च सार्वजानिक गरेसंगै बिहिबार रुपन्देहीको सैनामैना नगरपालिकाले पनि खर्च बिवरण सार्वजानिक गरेको छ ।

१ आईसोलेसन अस्पताल र ५ वटा क्वारेन्टाइन संचालन गरेको सैनामैनाले २१ हजार ९ सय १३ स्थानीबासीलाई ५१ लाख ८० हजार बराबरको राहत बितरण गरेको जनाएको छ । नगरपालिकाले कोभिड १९को रोकथाम र नियन्त्रणका लागि १ करोड ४६ लाख ४ हजार खर्च गरेको पालिकाले आज पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको छ । नगरपालिकाका अनुसार राहत सामाग्री खरिदमा ५१ लाख ८० हजार, नगर स्तरीय क्वारेन्टिन निर्माणमा ३८ लाख ९ हजार क्वारेन्टाइनमा काम गर्न खटाइएका सहयोगीको पारिश्रमिक र स्वास्थ्यकर्मी को २०७७ बैशाष
सम्मको जोखिम भत्ता २१ लाख ९७ हजार तथा सामुदायिक क्वारेन्टिन निर्माणमा ३४ लाख १६ हजार खर्च भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले १ करोड ८२ लाख ९२ हजार आम्दानी गरेर १ करोड ४६ लाख ४ हजार खर्च भएको जानकारी दिए ।

कार्कीले नगरपालिकामा सर्वसाधारणले ३९ लाख बढीको सहयोग जम्मा गरेको बताउंदै नगरपालिकाबाट १५ लाख, प्रदेश सरकारबाट १५ लाख तथा रकमान्तर गरि १ करोड १३ लाख ९१ हजार आम्दानी भएको बताए ।

सैनामैनाका क्वारेन्टाइनमा ७ सय १० जनाले सेवा लिएकोमा ४ सय १५ जना क्वारेन्टाइन अवधि पुरा गरि घर पुगेकाछन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  १२ : ४० बजे

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

बुटवल उपमहानगरपालिकामा २५ गतेदेखि एचपिभी खोप सञ्चालन हुने

बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

प्रतिनिधिसभा निर्वाचन : झापा-१ मा मतदाता फकाउँदै दलहरु

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन