५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना सङ्क्रमित बढेसगै आइसोलेसनको अभाव



धादिङ । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेपछि आइसोलेसनको समस्या हुन थालेको छ ।

स्थानीय पालिकाले जिल्ला सदरमुकाममा रहेका आइसोलेसनले सङ्क्रमित सबैलाई धान्न कठिन हुने बुझेपछि आफ्नै पालिकामा रहेका क्वारेन्टाइनलाई व्यवस्थित बनाएर आइसोलेसनका रूपमा प्रयोग गर्न थालेका छन् । जिल्लाका ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये नीलकण्ठ नगरपालिकाको मात्रै ५२ जना र ज्वालामुखी गाउँपालिकमा २३ जना छन् । जिल्लाका विभिन्न स्थानका पाँच जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

जिल्लाभर क्वारेन्टाइन बेडको क्षमता एक हजार ३७६ रहेकोमा हाल २० महिलासहित २०७ जना बसिरहेका छन् । त्यसैगरी आइसोलेसन बेडको सङ्ख्या ३९ रहेको भए पनि छ महिलासहित ५२ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

उता ज्वालामुखी गाउँपालिकाले क्वारेन्टाइनलाई नै व्यवस्थित बनाएर आइसोलेसनका रूपमा प्रयोगमा ल्याएको छ । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनाका अनुसार सङ्क्रमित व्यक्तिलाई व्यवस्थित बेड, तातोपानीका लागि विद्युतीय जग, पर्सनल थर्मोमिटर, स्वस्थ र तागतिला खाना खाजाको व्यवस्था मिलाइएको छ ।

तिमल्सिनाले आइसोलेसनको मुख्य समस्या दक्ष स्वास्थ्यकर्मीको अभाव हो, यदि स्वास्थ्यकर्मी पालिका–पालिकामा पठाउन सक्ने हो भने लक्षण नदेखिएकालाई अस्पताल लैजान नपर्ने बताउँछन् । उक्त समाचार आजकाे गाेरखापत्रमा छापिएकाे छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको