२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

कोरोना सङ्क्रमित बढेसगै आइसोलेसनको अभाव



धादिङ । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेपछि आइसोलेसनको समस्या हुन थालेको छ ।

स्थानीय पालिकाले जिल्ला सदरमुकाममा रहेका आइसोलेसनले सङ्क्रमित सबैलाई धान्न कठिन हुने बुझेपछि आफ्नै पालिकामा रहेका क्वारेन्टाइनलाई व्यवस्थित बनाएर आइसोलेसनका रूपमा प्रयोग गर्न थालेका छन् । जिल्लाका ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये नीलकण्ठ नगरपालिकाको मात्रै ५२ जना र ज्वालामुखी गाउँपालिकमा २३ जना छन् । जिल्लाका विभिन्न स्थानका पाँच जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

जिल्लाभर क्वारेन्टाइन बेडको क्षमता एक हजार ३७६ रहेकोमा हाल २० महिलासहित २०७ जना बसिरहेका छन् । त्यसैगरी आइसोलेसन बेडको सङ्ख्या ३९ रहेको भए पनि छ महिलासहित ५२ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

उता ज्वालामुखी गाउँपालिकाले क्वारेन्टाइनलाई नै व्यवस्थित बनाएर आइसोलेसनका रूपमा प्रयोगमा ल्याएको छ । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनाका अनुसार सङ्क्रमित व्यक्तिलाई व्यवस्थित बेड, तातोपानीका लागि विद्युतीय जग, पर्सनल थर्मोमिटर, स्वस्थ र तागतिला खाना खाजाको व्यवस्था मिलाइएको छ ।

तिमल्सिनाले आइसोलेसनको मुख्य समस्या दक्ष स्वास्थ्यकर्मीको अभाव हो, यदि स्वास्थ्यकर्मी पालिका–पालिकामा पठाउन सक्ने हो भने लक्षण नदेखिएकालाई अस्पताल लैजान नपर्ने बताउँछन् । उक्त समाचार आजकाे गाेरखापत्रमा छापिएकाे छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : ०६ बजे

बाँके ३ मा रास्वपाको अग्रता कायम

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल १३ हजार २७१ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५