२४ मंसिर २०८०, आइतबार | December 11, 2023

संविधान संशोधनसँगै प्रधानसेनापति र सशस्त्र आईजीको कालापानी क्षेत्र भ्रमणबाट भारतमा खैलाबैला



काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आईजी शैलेन्द्र खनाल एक साथ भारतले अतिक्रमण गरेको कालापानी नजिकैका सशस्त्रका (बीओपी) र नेपाली सेनाका सुरक्षा पोष्टको निरीक्षण गर्न पुगेपछि भारतमा खैलाबैला सुरु भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा ४५ वर्ष अघि छुटाईएको भुभाग समेटेर नयाँ नक्साका साथ निशान छाप बनाउन संविधान संशोधनको प्रक्रिया चलिरहँदा राज्यको मुख्य सुरक्षा संयन्त्र मध्यका २ वटा सुरक्षा फौजका प्रमुखहरु अतिक्रमित भुमि नजिकैको सुरक्षा पोष्टहरुमा पुगेपछि भारतीय मिडियाले चर्चा गर्न थालेका हुन् ।

सुरक्षा प्रमुखद्वयले दार्चुलाको छाङगरुको सुरक्षा बेस क्याम्प नीरिक्षण गर्नुका साथै सशस्त्रले सिमामा तयार गरेको सुरक्षा पोष्ट बिओपीको निरीक्षण गरेका थिए ।

लिम्पियाधुरादेखि कालापानीसम्मको नेपालको करिब ४०० वर्गकिलोमिटर भूमि अतिक्रमण गरेर दशकौंदेखि बसेको भारतका लागि नेपालका सुरक्षा प्रमुखहरु त्यस क्षेत्रमा पुग्दा चिड्चिडाहट पैदा भएको हो ।

फेक न्यूजको धन्धा चलाउने भारतीय टेलिभिजन च्यानलहरुले नेपालले उक्साउने गतिविधि गरेको टिप्पणी गरेका छन् । भारतीय एबीपी न्यूजले सिमामा तनाव भएको बेला नेपाली सेना प्रमुखको कालापानी भ्रमण भन्दै भ्रमण प्रति टिप्पणी गरेको छ । छाङगुरुमा सशस्त्रको सुरक्षा पोष्ट स्थापना भएखेखि नै कालापानीको निगरानी गर्न नेपालले पोष्ट स्थापना गरेको एबीपीको विश्लेषण छ ।

प्रधानसेनापति थापाले नेपाली सेनाले ब्यास गाउँपालिका २ घाटीबगडमा गोरेटो बाटो निर्माण गरिरहेको अनुगमन समेत गरेका थिए । ९ जेठबाट नेपाली सेनाले व्यास जोड्ने बाटो निर्माण शुरु गरेको छ । यतिबेला घाँटीबगडदेखि मौर्याभिरसम्मको कठिन भुगोलमा ४ सय मिटरको बाटो निर्माण भइरहेको छ।

यसैगरी, सशस्त्र प्रहरीको छाँगरुमा बीओपी रहेको छ । प्रधान सेनापति थापा सहित सशस्त्र प्रहरीका आइजी खनालले त्यसको अनुगमन गरेका थिए । उनीहरु दार्चुलाको खलंगामा निर्माण भएको सशस्त्र प्रहरी नम्बर ५० गुल्मको उदघाटन कार्यक्रममा सहभागि समेत भएका थिए । गुल्मको सशस्त्र आइजीबाट उदघाटन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति थापाले जुन सुरक्षा निकाय भए पनि उद्देश्य एउटै भएकाले दुवै निकायबीच सदैव सहकार्य रहने बताएका थिए । उनले सशस्त्रका अधिकारी सहित तैनाथ युनिटलाई उच्च मनोबलका साथ सरकारले दिएको जिम्मेवारी पूरा गर्न भनेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख खनालले पनि सीमा सुरक्षा जस्तो गहन जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले प्रधानसेनापति थापाको भ्रमणलाई नियमित भ्रमण बताएका छन् । पृतनाको निरीक्षण तथा सेनाले बनाईरहेको घाटीबगरको सडक निर्माणको निरिक्षणका क्रममा प्रधानसेनापतिको भ्रमण भएको पाण्डेले बताएका थिए ।

तर, लद्दाखमा पछिल्लो पटक सिर्जित तनावपछि त्रिदेशीय सीमामा भारत र चीन दुवै मुलुकले उपस्थिति बढाइरहेका वेला नेपालका दुई सुरक्षा अंगका प्रमुख छाङरु पुग्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

चीन र भारतीय सेनाकाबीच तनाव भएका बेला प्रधानसेनापति थापा, सशस्त्र प्रहरीका आइजी खनालसहित कालापानी क्षेत्र पुगेकोमा भारतले चासो देखाएको हो । भारतीय सुरक्षा निकायले यसलाई नजिकबाट नियालेको भारतीय सञ्चाल माध्यमले दाबी गरेका छन् ।

इन्डियन एक्सप्रेसले नेपालको राष्ट्रियसभाले नेपालको नयाँ नक्शा समेटेको निशान छाप अनुमोदन गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नै लाग्दा सेनापति सशस्त्रका आइजीपीसहित कालापानी नजिकैको छाङगरुमा पुगेको भन्दै बिहीबार टिप्पणी गरेको थियो ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भुभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारत असन्तुष्ट रहँदै आएको छ । संसदबाटै यसको अनुमोदन प्रक्रिया बढेपछि भारतले वार्ताको वातावरण बिग्रिएको सन्देश दिइरहेको छ । तर, भारतले गत नोभेम्बरमै नेपाली अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्शा जारी गरेको थियो र त्यो नक्शालाई संसदबाट अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : ५४ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक