१५ जेष्ठ २०८०, सोमबार | May 29, 2023

आन्तरिक ऋण उठाउँदा निजी क्षेत्रलाई समस्या हुँदैन : डा. अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आन्तरिक ऋण उठाउँदा निजी क्षेत्रलाई समस्या नहुने स्पष्ट पारेका छन् ।

राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको समेत अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको लगानी बढाउनको लागि विभिन्न क्षेत्रहरुलाई खुल्ला गरिएको बताए ।

खतिवडाले भने, ‘मुलुकभरीमा आम्दानीको उपभोगलाई कटाएर रहेको रकमको एक तिहाई जति सरकारले लिन खोजेको हो । त्यो लगानीको अनुपातमा हो । निजी क्षेत्रलाई बाहिरबाट लगानी ल्याउन प्रोत्साहित गर्नको लागि बाहिरबाट जुन ऋण ल्याउनुहुन्छ हाम्रो बैंकिङ प्रणालीको मित्रहरुले त्यो ल्याउने ऋणमा त्यसलाई निक्षेपको रुपमा लिने हो भने टिडिएसको रुपमा घटाइदिएको छ । ता कि बैंकहरुले पनि विदेशबाट ऋण परिचालन गरेर पनि लगानी बढाउन सकुन भनेर अरु श्रोतहरु प्नि निजी क्षेत्रको लागि खुला गरिदिएको छ । त्यसैले सरकारले बजारबाट पैसा आफ्नो विकास खर्च पुरा गर्न उठाइरहदा निजी क्षेत्रलाई पुग्ने गरी र नपुग भएमा विदेशबाट समेत परिचालन गर्ने व्यवस्था गरेको छ । त्यसले गर्दा खेरी सरकारले आन्तरिक ऋण उठाउने कारणले निजी क्षेत्रलाई उपलब्ध हुने श्रोत संकुचित हुँदैन् ।’

ऋण तथा जमानत (चौवीसौं संशोधन) विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकारले जमानत बस्ता व्यवसायीक सम्भावना भएका क्षेत्रहरु हेरेर मात्रै जमानत बस्ने बताए ।

उनले वित्तीय रुपमा सबल भएका सार्वजनिक संस्थाले आफै ऋण परिचालन गर्न सक्ने र वित्तीय अवस्था सुदृढ नभएको संस्थालाई उकास्न पर्ने भएमा सोचेर मात्रै सरकारले काम गर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  २ : १३ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country