१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

आन्तरिक ऋण उठाउँदा निजी क्षेत्रलाई समस्या हुँदैन : डा. अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आन्तरिक ऋण उठाउँदा निजी क्षेत्रलाई समस्या नहुने स्पष्ट पारेका छन् ।

राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको समेत अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको लगानी बढाउनको लागि विभिन्न क्षेत्रहरुलाई खुल्ला गरिएको बताए ।

खतिवडाले भने, ‘मुलुकभरीमा आम्दानीको उपभोगलाई कटाएर रहेको रकमको एक तिहाई जति सरकारले लिन खोजेको हो । त्यो लगानीको अनुपातमा हो । निजी क्षेत्रलाई बाहिरबाट लगानी ल्याउन प्रोत्साहित गर्नको लागि बाहिरबाट जुन ऋण ल्याउनुहुन्छ हाम्रो बैंकिङ प्रणालीको मित्रहरुले त्यो ल्याउने ऋणमा त्यसलाई निक्षेपको रुपमा लिने हो भने टिडिएसको रुपमा घटाइदिएको छ । ता कि बैंकहरुले पनि विदेशबाट ऋण परिचालन गरेर पनि लगानी बढाउन सकुन भनेर अरु श्रोतहरु प्नि निजी क्षेत्रको लागि खुला गरिदिएको छ । त्यसैले सरकारले बजारबाट पैसा आफ्नो विकास खर्च पुरा गर्न उठाइरहदा निजी क्षेत्रलाई पुग्ने गरी र नपुग भएमा विदेशबाट समेत परिचालन गर्ने व्यवस्था गरेको छ । त्यसले गर्दा खेरी सरकारले आन्तरिक ऋण उठाउने कारणले निजी क्षेत्रलाई उपलब्ध हुने श्रोत संकुचित हुँदैन् ।’

ऋण तथा जमानत (चौवीसौं संशोधन) विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकारले जमानत बस्ता व्यवसायीक सम्भावना भएका क्षेत्रहरु हेरेर मात्रै जमानत बस्ने बताए ।

उनले वित्तीय रुपमा सबल भएका सार्वजनिक संस्थाले आफै ऋण परिचालन गर्न सक्ने र वित्तीय अवस्था सुदृढ नभएको संस्थालाई उकास्न पर्ने भएमा सोचेर मात्रै सरकारले काम गर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  २ : १३ बजे

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रोड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला

काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको