९ भदौ २०८३, मंगलबार | August 25, 2026

नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमितको दोस्रो सफल शल्यक्रिया



नेपालगन्ज । कोरोना भाइरस संक्रमितको नजिक उभिन पनि जोखिम हुन्छ भन्ने भ्रम चिर्दै नेपालका चिकित्सकहरुले कोरोना संक्रमितको धमाधम शल्यक्रिया गर्न सफल भएका छन् । काठमाण्डौको पाटन अस्पतालबाट सुरुभएको यो सृङखला नपालगन्ज पुगेको छ । जटिल प्रसव समस्याले ग्रशित कोरोना संक्रमित महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सफल शल्यक्रिया गरिएको छ । उनको शल्यक्रियाबाट छोरी जन्मिएको छ ।

भीम अस्पताल भैरहवाबाट रिफर भएर आएकी महिलाको शल्यक्रिया मार्फत छोरी जन्मिएको अस्पतालका सह निर्देशक डा.नितेश कुमार कनोडियाले जानकारी दिए । भैरहवाको भीम अस्पतालमा भर्ना रहेका कृष्णनगर कपिलवस्तुकी २७ वर्षकी कोबिड–१९ पोजेटिभ रहेकी गर्भवती महिलाको आकस्मिक शल्यक्रियाबाट शिक्षण अस्पतालमा प्रसुती भएको हो । अहिले आमा र वच्चाको अवस्था सामान्य रहेको कनोडियाले बताए ।

जटिल अवस्थामा रहेकी उनलाई भैरहवाबाट शिक्षण अस्पताल कोहलपुरमा बिहान करिव २ बजे ल्याईएको थियो । विहान ५ः१२ मा शल्यक्रिया सुरु गरी ५ः२५ मा २ किलो ४ सय ग्राम तौल भएको छोरीको जन्म भएको अस्पतालले जनाएको छ ।सक्रमित महिलाको मेडिकल कलेजका डा. कबिता सिन्हा, डा. रबिन श्रेष्ठ, डा. राजेश केसी, डा.अमरेन्द्र कुशवाह र नर्सिङ्ग स्टाफहरु संगीता गिरी, सरस्वती श्रेष्ठ, पबित्रा विष्टको टिमले सफल शल्यक्रिया गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थर्ड लेभलकोे कोरोना अस्पताल तोकेर दिएको जिम्मेवारी दिएपछि अस्पतालले अछाम जिल्लाको चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया कोरोना संक्रमित १८ हप्ताकी गर्भवती महिलाको ठूलो आन्द्राको शल्यक्रिया गरेर थर्ड लेभलको कोरोना अस्पतालको काम सुरु गरेको थियो । अस्पतालमा संक्रमितको शल्यक्रिया भएको यो दोस्रो घटना हो ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १ : ३८ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३