६ श्रावण २०८३, बुधबार | July 22, 2026

गुल्मीको छत्रकोटका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका मैनडाँडाका ६९ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्यारालाइसिसको उपचारका लागि लकडाउनकै समयमा भारत गएर फर्किएका ती पुरुषको असार ५ गते घरमै मृत्यु भएको थियो ।

मृत्युपश्चात स्वाब लिएर परीक्षणका लागि भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा उनको कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको शवलाई नेपाली सेनाले असार ६ गते नै व्यवस्थापन गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ४ : ३८ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न