४ पुस २०८२, शुक्रबार | December 20, 2025

टेबलटेनिसको मुख्य प्रशिक्षकमा ढुंगेल



काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले टेबलटेनिस प्रशिक्षक (अधिकृत तृतीय) सन्जिवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन् ।

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ढुंगेल नेपाली टोलीका प्रशिक्षक मध्येका एक हुन् । १३ औं सागमा नेपालले १ रजत ४ कांस्य पदक जितेको थियो ।

ढुंगेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए । अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको