१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

संगठित अपराध, गुण्डागर्दी, सिमा अपराध गर्नेमाथि बाँके प्रहरी निर्मम बन्ने



नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले संगठित अपराध, गुण्डागर्दी, सिमा अपराध र प्राकृतिक स्रोतको दोहन गर्नेमाथि निर्मम प्रहार गर्ने भएको छ ।

हालसालै प्रहरी प्रमुखको सरुवा भएर आएका एसपी ओमबहादुर रानाले सोमबार नेपालगन्जमा पत्रकार भेटघाट गरी अपराध गर्नेहरुमाथि निर्ममतापूर्वक अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । रानाले जिल्ला प्रहरी कार्यालय बाँकेका लागि १७ बुँदे कार्ययोजना सार्वजनिक गर्दै एसपी रानाले आपराधिक कर्म गर्नेहरुप्रति कठोरतापूर्वक कारवाही गर्ने जनाए । अपराधिक क्रियाकलाप उपर कानुनी कठोरता आत्मसाथ गर्दै विवेकपुर्ण प्रहार गर्ने रणनीति रहेको उनले बताए ।

एसपी रानाले प्रहरीको कार्य योजना अन्तर्गत हरेक नागरिकलाई छिटो छरितो सरल समान र नागरिक मुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता पनि जनाए । उनले खुल्ला सिमा नाकाबाट हुने सिमा अपराध चोरी निकासी तथा पैठारी नियन्त्रण, अपराध अनुसन्धान÷तहकिकातमा उच्चतम प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानमा जोड दिने धारणा राखे ।

यसैगरी, कार्ययोजनामा लागु औषध दुब्र्यसनी तथा ओसार पसार तथा कारोबार नियन्त्रण र न्युनिकरण, फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ, सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक ब्यवस्थापनसँगै जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, घरेलु हिंसा लैंगिक हिंसा महिला बालबालिका जेष्ठ नागरिक तथा असक्त ब्यक्ति उपर हुने अपराधमा कानुनी कठोरता र पीडितमैत्री वातावरणको सिर्जना विषय समेटिएको छ । रानाले भने, ‘प्रहरी कर्मचारीको वृत्ती विकासको लागि अवसरको सृजना, रुची अनुसारको जिम्मेवारी र समान अवसर प्रदान गरी सांगठनिक उपलब्धि हासिल गर्ने लक्ष्य लिएका छौं ।’

यसैगरी कार्ययोजनामा समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत सामाजिक अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कार्यान्वयन, प्रहरी युनियनहरुको आवश्यकता अनुसार स्तरोन्नती, जग्गा प्राप्ती तथा भवन निर्माण कार्यमा ठोस पहल गरिने रहेको छ ।

मानव अधिकारको संरक्षण र सम्वद्र्धन, सामाजिक धार्मिक भेगियताको विविधाको सुन्दर पक्षलाई भाईचारा कायम राखिने, राज्य विरुद्ध हुने कुनैपनि गतिविधिलाई कानुन बमोजिम निर्मुल गर्ने र कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण र प्रभावकारी ब्यवस्थापन गर्ने कार्ययोजना पनि जिल्ला प्रहरी कार्यालयको रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ११ : २० बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को