२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एकैदिन १७ उडान



काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन् ।

अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ । सोमबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बहराइनबाट १५० यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले पाकिस्तानको ईस्लामाबादबाट ७२ यात्रु ल्याएको छ ।

सोही एयरलाइन्सले माल्दिभ्सबाट १५६ यात्रु ल्याएको छ । जजीरा एयरले कुवेतबाट १६०, एयर अरेबियाले सारजहाबाट १६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जनाएको छ । हिमालयले चीनको कुम्लिंमा दुई कार्गो उडान गरेको छ । राति नेपाल एयरलाइन्सको वाइड बडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको जनाइएको छ ।

त्यसैगरी हिमालय एयरलाइन्सको जहाज गए राति १०ः०० बजे दोहा उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ सोमबार समिट र तारा एयरले लुक्लामा समान एक उडान गरेका छन् । मनाङ एयरको लुक्लामा तीन उडान भएको छ ।

सिम्रिक एयरको हेलिकप्टरले सोलुखुम्बु र कैलाश एयरको हेलिकप्टरले भैरहवा उडान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै कतार एयरले ३०३ यात्रु लिएर दोहा उडेको छ । रासस

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ४४ बजे

इलाम-२ एमालेका नेम्वाङको अगाडि

इलाम । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके । बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक

रुपन्देही-४ मा रास्वपाका बनियाँ निर्वाचित

भैरहवा । रुपन्देही-४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको विशाल अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२